back
CTIZAN AD

सिरहामा  विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल गर्छु –प्रधानमन्त्री

वि.सं.२०७३ कात्तिक १३ शनिवार

924 

shares

prachanda१३ कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।

प्रधानमन्त्री दाहाल सभासद् निर्वाचित हुनुभएको सिरहा क्षेत्र– ५ को एक प्रतिनिधि मण्डलको आज ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
उहाँले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माणमा पहल गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रतिनिधिमण्डलसँग पूर्व – पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।
पूर्वमन्त्री विश्वनाथ साह, क्याप्टेन देवकुमार लामाको प्रतिनिधि मण्डलले सिरहाको खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस निर्माणमा पहल गर्न आग्रह गरेको थियो । रासस

वि.सं.२०७३ कात्तिक १३ शनिवार ०७:११ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...