back

बेसीसहरमा सफा टेम्पो सञ्चालन

वि.सं.२०७३ कात्तिक १४ आइतवार

786 

shares

लमजुङ (बेसीसहर) । जिल्लामा पहिलो पटक व्यावसायिक सफा टेम्पो सञ्चालनमा आएको छ । नगरवासीको समस्यालाई मध्यनजर गर्दै सदरमुकाम बेसीसहरमा सफा टेम्पो सञ्चालनमा ल्याइएको हो ।

बेसीसहरका केही व्यवसायीले सफा टेम्पो सञ्चालनमा ल्याएका हुन् । बेसीसहर नगरभित्र मात्रै सञ्चालन गर्ने उद्देश्यले टेम्पो सञ्चालनमा ल्याइएको सञ्चालक नारायणप्रसाद घिमिरेले बताउनुभयो ।

सफा टेम्पो सञ्चालनका लागि शनिबार परीक्षण समेत गरिएको छ । सदरमुकाम बेसीसहरको मनाङ्गे चौतारादेखि गाउँसहरको भकुण्डेसम्म एकपटकमा चारजना यात्रु बोकेर टेम्पोको परीक्षण गरिएको थियो ।

भौगोलिक रुपमा सडक उकाली ओराली भए पनि बेसीसहरदेखि भकुण्डेसम्म प्रतिपटक चार जनासम्म सहजै यात्रा गर्न मिल्ने भएकाले टेम्पो सञ्चालन प्रभावकारी हुने बेसीसहरका यातायात व्यवसायी विश्वम्भर अर्यालले बताउनुभयो ।

भकुण्डेदेखि बेसीसहरसम्म आउन सहजरुपमा सवारी पाउन नसकेका यात्रुलाई टेम्पो सञ्चालन भएपछि ठूलो राहत मिलेको भकुण्डेका गणेश कँडेलले बताउनुभयो ।

“बेसीसहर जाने बेला पनि गाडी भरिएर आउँछ, सिट पाउनै गारो हुन्छ, फर्कने बेला पनि त्यही भकुण्डेसम्म भन्छ गाडी पाउनै मुश्किल हुन्छ” कँडेलले भन्नुभयो “अब टेम्पो सञ्चालन भएपछि ढुक्क भयो ।”

शनिबारको परीक्षण सफल भएको भन्दै अब न्यूनतम भाडा निर्धारण गरेर नियमित टेम्पो सञ्चालन गरिने सञ्चालक घिमिरेले बताउनुभयो । जिल्लामा अन्यत्र कतै पनि यातायातको साधनमध्ये टेम्पो सञ्चालन भएको छैन । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:५३ मा प्रकाशित

Himalayan Life AD
एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

एमाले अध्यक्षद्वारा हुलाकी राजमार्गको अवलोकन

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी...

नेप्से परोसूचक २६ अङ्कले घट्यो

नेप्से परोसूचक २६ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २६ दशमलव ०५...

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभा बैठकले पर्यटन विधेयक, २०८१ पारित गरेको छ...

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्...

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

स्कटल्यान्डले इटालीलाई दियो २०८ रनको चुनौती

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई जितका...

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दीमा रु ३१ करोड ६० लाखको सुन्तला उत्पादन

म्याग्दी । यस वर्ष म्याग्दीमा रु ३१ करोड ६० लाख...