back

बेसीसहरमा सफा टेम्पो सञ्चालन

वि.सं.२०७३ कात्तिक १४ आइतवार

501 

shares
GLOBAL IME AD
NTC AD

लमजुङ (बेसीसहर) । जिल्लामा पहिलो पटक व्यावसायिक सफा टेम्पो सञ्चालनमा आएको छ । नगरवासीको समस्यालाई मध्यनजर गर्दै सदरमुकाम बेसीसहरमा सफा टेम्पो सञ्चालनमा ल्याइएको हो ।

बेसीसहरका केही व्यवसायीले सफा टेम्पो सञ्चालनमा ल्याएका हुन् । बेसीसहर नगरभित्र मात्रै सञ्चालन गर्ने उद्देश्यले टेम्पो सञ्चालनमा ल्याइएको सञ्चालक नारायणप्रसाद घिमिरेले बताउनुभयो ।

सफा टेम्पो सञ्चालनका लागि शनिबार परीक्षण समेत गरिएको छ । सदरमुकाम बेसीसहरको मनाङ्गे चौतारादेखि गाउँसहरको भकुण्डेसम्म एकपटकमा चारजना यात्रु बोकेर टेम्पोको परीक्षण गरिएको थियो ।

भौगोलिक रुपमा सडक उकाली ओराली भए पनि बेसीसहरदेखि भकुण्डेसम्म प्रतिपटक चार जनासम्म सहजै यात्रा गर्न मिल्ने भएकाले टेम्पो सञ्चालन प्रभावकारी हुने बेसीसहरका यातायात व्यवसायी विश्वम्भर अर्यालले बताउनुभयो ।

भकुण्डेदेखि बेसीसहरसम्म आउन सहजरुपमा सवारी पाउन नसकेका यात्रुलाई टेम्पो सञ्चालन भएपछि ठूलो राहत मिलेको भकुण्डेका गणेश कँडेलले बताउनुभयो ।

“बेसीसहर जाने बेला पनि गाडी भरिएर आउँछ, सिट पाउनै गारो हुन्छ, फर्कने बेला पनि त्यही भकुण्डेसम्म भन्छ गाडी पाउनै मुश्किल हुन्छ” कँडेलले भन्नुभयो “अब टेम्पो सञ्चालन भएपछि ढुक्क भयो ।”

शनिबारको परीक्षण सफल भएको भन्दै अब न्यूनतम भाडा निर्धारण गरेर नियमित टेम्पो सञ्चालन गरिने सञ्चालक घिमिरेले बताउनुभयो । जिल्लामा अन्यत्र कतै पनि यातायातको साधनमध्ये टेम्पो सञ्चालन भएको छैन । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:५३ मा प्रकाशित

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने...

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

पोषणका लागि रैथाने बालिको प्रयोग बढाउन मुख्यमन्त्री आचार्यको जोड

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा कुपोषणको समस्या...

गाउँपालिकाका कर्मचारी मृत फेला

गाउँपालिकाका कर्मचारी मृत फेला

खोटाङ । रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका...

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

कर नबुझाउने एक सय २२ करदातामाथि कारबाही

बागमती । आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर...

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा  स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

स्वास्थ्यकर्मी ट्रेड युनियनहरुद्वारा स्वास्थ्य सेवा ऐन छुटै जारी गनुपर्ने माग

काठमाडौँ । स्वास्थ्य सेवामा क्रियाशिल स्वास्थ्यकर्मी ट्रेड युनियनहरुले स्वास्थ्य सेवा...

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

सिमसार क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य

बनियानी । झापाको कनकाई नगरपालिका-१ र २ स्थित जामुनखाडी सामुदायिक...