Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु



इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षका दुई अर्नाको मृत्यु भएको छ । आरक्षबाट निस्किएको अर्नाले दुःख दिन थालेपछि स्थानीयले धान सुरक्षाका लागि लगाएको विद्युत् तारको करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु भएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१० को घोघनपुरमा दुई वटा अर्नाको करेन्ट लागेर मृत्यु भएको आरक्षले जनाएको छ । अर्ना धान खान पसेपछि स्थानीय किसान बद्री साहलगायतकाले लगाएको विद्युतीय तारमा करेन्ट लागेर अर्नाको ज्यान गएको स्थानीयले बताएका छन् ।

अर्नाको मृत्यु भएपछि आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साह र आरक्ष सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले घटनास्थल पुगी जानकारी लिएको कोसीटप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

आरक्षमा रहेको जङ्गली जनावरको आतङ्क बढेपछि किसानले धान सुरक्षाका लागि विद्युत् प्रवाह हुने तार जडान गरेको र सोही विद्युत्मा करेन्ट लागेर अर्नाको मृत्यु भएको अध्यक्ष यादवको अनुमान रहेको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ