back
CTIZAN AD

करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु

वि.सं.२०७३ कात्तिक १४ आइतवार

789 

shares

इनरुवा । कोसीटप्पु वन्यजन्तु आरक्षका दुई अर्नाको मृत्यु भएको छ । आरक्षबाट निस्किएको अर्नाले दुःख दिन थालेपछि स्थानीयले धान सुरक्षाका लागि लगाएको विद्युत् तारको करेन्ट लागेर दुई वटा अर्नाको मृत्यु भएको हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका–१० को घोघनपुरमा दुई वटा अर्नाको करेन्ट लागेर मृत्यु भएको आरक्षले जनाएको छ । अर्ना धान खान पसेपछि स्थानीय किसान बद्री साहलगायतकाले लगाएको विद्युतीय तारमा करेन्ट लागेर अर्नाको ज्यान गएको स्थानीयले बताएका छन् ।

अर्नाको मृत्यु भएपछि आरक्षका संरक्षण अधिकृत श्यामप्रसाद साह र आरक्ष सुरक्षार्थ खटेको नेपाली सेनाको टोलीले घटनास्थल पुगी जानकारी लिएको कोसीटप्पु मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले जानकारी दिनुभयो ।

आरक्षमा रहेको जङ्गली जनावरको आतङ्क बढेपछि किसानले धान सुरक्षाका लागि विद्युत् प्रवाह हुने तार जडान गरेको र सोही विद्युत्मा करेन्ट लागेर अर्नाको मृत्यु भएको अध्यक्ष यादवको अनुमान रहेको छ । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:५१ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...