Logo
२६ जेष्ठ २०८०, शुक्रबार
     Fri Jun 9 2023
E-paper
  English Edition
   Unicode
Logo

ल्यान्डफिल्ड साइट निर्माणमा ढिलाइ



fikkal-ko-fohor-illam

इलाम  । इलामको सूर्याेदय नगरपालिकामा दुई वर्षअघि निर्माण सुरु गरिएको ल्यान्डफिल्ड साइडको काम समयमा पूरा हुन नसक्दा फिक्कल बजार फोहरले कुरूप बन्दै गएको छ ।

ठेकेदारले समयमा ल्यान्डफिल्ड साइडको काम नगर्दा सुनपाको फिक्कल बजार फोहरले कुरुप बन्दै गएको हो । ल्यान्डफिल्ड साइड निर्माण नहुञ्जेल फिक्कल बजारको फोहर अहिले रमितेमा व्यवस्थापन गरिँदै आएको नगरपालिकाले जनाएको छ । तर, त्यहाँका बासिन्दाले आफूहरूलाई फोहरले असर गरेको भन्दै गुनासो गर्दै आएका छन् ।

ल्यान्डफिल्ड साइड बनिनसकेकाले फोहर व्यवस्थापन जटिल बन्दै गएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई बताउनुहुन्छ ।

फोहर व्यवस्थापन गर्न सूर्याेदय नगरपालिका–८ मयुँखोला नजिक सात रोपनी जग्गा खरिद गरी साइड निर्माण थालिएको थियो । यहाँ निर्माणाधीन ल्यान्डफिल्ड साइडको काम समयमा नसकिँदा फोहर व्यवस्थापनमा समस्या भएको हो ।

रु एक करोडभन्दा बढीको लागतमा ल्यान्डफिल्ड साइड निर्माणका लागि दुई वर्षअघि थोदुङ बौद्ध जेभीलाई जिम्मा दिइएको थियो । एक वर्षअघिनै उक्त निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नहुँदा समस्या भएको हो । बारम्बार म्याद थप भए पनि ठेकेदारले कामै नगरेको नगरपालिकाले जनाएको छ । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेकाले स्पष्टीकरण सोधिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इ ओमराज ढुङ्गानाले बताउनुभयो ।

पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा

प्रचार–प्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सङ्गमस्थल मिक्लाजुङ ओझेलमा परेको छ ।

पर्यटकीय सम्पदा भए पनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो ।

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्घालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला एक साथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

चौबीसै घन्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवम् दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो ।

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लन्डन । अध्ययनका लागि यूके आएको केही महिनामै बिरामी भएर निधन भएकी २१ वर्षीया

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा