back
CTIZAN AD

ल्यान्डफिल्ड साइट निर्माणमा ढिलाइ

वि.सं.२०७३ कात्तिक १४ आइतवार

849 

shares

fikkal-ko-fohor-illam

इलाम  । इलामको सूर्याेदय नगरपालिकामा दुई वर्षअघि निर्माण सुरु गरिएको ल्यान्डफिल्ड साइडको काम समयमा पूरा हुन नसक्दा फिक्कल बजार फोहरले कुरूप बन्दै गएको छ ।

ठेकेदारले समयमा ल्यान्डफिल्ड साइडको काम नगर्दा सुनपाको फिक्कल बजार फोहरले कुरुप बन्दै गएको हो । ल्यान्डफिल्ड साइड निर्माण नहुञ्जेल फिक्कल बजारको फोहर अहिले रमितेमा व्यवस्थापन गरिँदै आएको नगरपालिकाले जनाएको छ । तर, त्यहाँका बासिन्दाले आफूहरूलाई फोहरले असर गरेको भन्दै गुनासो गर्दै आएका छन् ।

ल्यान्डफिल्ड साइड बनिनसकेकाले फोहर व्यवस्थापन जटिल बन्दै गएको नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराई बताउनुहुन्छ ।

फोहर व्यवस्थापन गर्न सूर्याेदय नगरपालिका–८ मयुँखोला नजिक सात रोपनी जग्गा खरिद गरी साइड निर्माण थालिएको थियो । यहाँ निर्माणाधीन ल्यान्डफिल्ड साइडको काम समयमा नसकिँदा फोहर व्यवस्थापनमा समस्या भएको हो ।

रु एक करोडभन्दा बढीको लागतमा ल्यान्डफिल्ड साइड निर्माणका लागि दुई वर्षअघि थोदुङ बौद्ध जेभीलाई जिम्मा दिइएको थियो । एक वर्षअघिनै उक्त निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नहुँदा समस्या भएको हो । बारम्बार म्याद थप भए पनि ठेकेदारले कामै नगरेको नगरपालिकाले जनाएको छ । ठेकेदार कम्पनीले समयमै काम सम्पन्न नगरेकाले स्पष्टीकरण सोधिने जिल्ला प्राविधिक कार्यालयका प्रमुख इ ओमराज ढुङ्गानाले बताउनुभयो ।

पर्यटकीयस्थल मिक्लाजुङ ओझेलमा

प्रचार–प्रसारको अभावमा इलाम, पाँचथर, धनकुटा र मोरङ जिल्लाको सङ्गमस्थल मिक्लाजुङ ओझेलमा परेको छ ।

पर्यटकीय सम्पदा भए पनि आन्तरिक व्यवस्थापनको अभाव, व्यवस्थित पदमार्ग नहुनु, नियमित होमस्टे सञ्चालनमा नआउनु, प्रचारप्रसारको अभाव, पर्यटक सूचना केन्द्रको अभाव, सुरक्षा चुनौतीलगायतका कारण सो क्षेत्र ओझेलमा परेको हो ।

रमणीयस्थल मिक्लाजुङमा पर्यटन विकासका पूर्वाधार तयार नहुँदा पर्यटन प्रवद्र्धन हुन सकेको छैन । समुद्री सतहदेखि दुई हजार ४०० मिटर उचाइमा अवस्थित मिक्लाजुङ प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक प्रमुख गन्तव्य हो । सगरमाथा, कञ्चनजङ्घालगायतका हिमशृङ्खला तथा पूर्वका १४ वटा जिल्ला एक साथ देख्न सकिने यो क्षेत्र पहाडी भू–भागमा रहेका कारण सूर्याेदय अवलोकनका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

चौबीसै घन्टा शीतल हावा लागिरहने मिक्लाजुङ पुगेपछि जोकोही त्यहाँको भौगोलिक अवस्था एवम् दृष्यावलोकनबाट लोभिन्छन् । स्थानीवासी बेविन्द्र माखिमका अनुसार वर्षात्को समय होस् वा हिउँदमा, वरिपरिका क्षेत्रमा हुस्सु, कुहिरो लाग्दा समेत केही प्रभाव पर्दैन । यहाँ सूर्याेदय अवलोकन गर्न चाहनेका लागि उत्तिकै महत्वपूर्ण छ । “यो पदयात्राका लागि समेत महत्वपूर्ण पर्यटकीय गन्तव्य हो” माखिमले भन्नुभयो ।

यहाँ रहेका देवस्थल, गुम्बा, चराचुरुङ्गीको बासस्थान, लालीगुराँस, निगालो पाइने तथा मिक्लाजुङ भगवतीको दर्शन गर्नाले चिताएको पुग्ने, रोग नाश हुने, आयस्रोत बढ्ने, निःसन्तानलाई सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:४९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

राहदानी विभागमा एक महिनालाई मात्र पुग्ने पासपोर्ट स्टक, नयाँ आपूर्तिमा अन्योल

काठमाडौं । राहदानी विभागमा हाल करिब एक महिनालाई मात्र पुग्ने...

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

रास्वपासंग सीके राउत असन्तुष्ट भन्छन्, ‘मधेशी जनतालाई धोखा भयो’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...