back

नौ पालिकाको सहमति बन्यो, जिरी नगरपालिकालाई गाउँपालिकामा

वि.सं.२०७३ कात्तिक १४ आइतवार

489 

shares
GLOBAL IME AD
NTC AD

दोलखा । दोलखालाई एक नगरपालिका र आठ वटा गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलले सहमति गरेका छन् ।

दलको बैठकले स्थानीय निकाय पुनःसंरचना आयोगलाई एक नगरपालिका र आठ वटा गाउँपालिका सिफारिस गर्ने सहमति गरेको हो ।

योसँगै यसअघि नै जिरी, माली र ठूलोपातल गाविस जिरी नगरपालिका घोषण भएको भए पनि गाउँ पालिका बन्ने पक्का भएको छ । जिरी गाउँपालिकामा थप श्यामा गाविस थपिएको छ ।

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द्रको विषयमा भने टुङ्गो लागेको छैन । यो विषयमा थप छप छलफल गरी कात्तिक १९ गते निर्णयक बैठक बस्ने सहमति समेत दलले गरेका छन् ।

यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ वटा पालिकाको सिफारिस गरेको थियो ।

आयोगको पछिल्लो निर्देशन अनुसार सातदेखि ११ वटासम्म पालिका हुने गरी स्थानीय निकायको सङ्ख्यामा सिफारिस गर्न निर्देशन दिएको थियो ।

कुन गाविस कुन पालिकामा 

गौरीशङ्कर गाउँपालिका ः गौरीशङ्कर, खारे, चंखु, मार्बु, सुरी, झ्याँकु र जुँगु, जिरी गाउँपालिका ः श्यामा र जिरी नगरपालिकाको सबै वडा हनुमान्तेश्वर गाउँपालिका ः क्षेत्रपा, काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी, तामाकोसी गाउँपालिका ः भीरकोट, झुले, जफे, मालु, सहरे, च्यामा र हावा, शैलुङ गाउँपालिका ः मेलुङ, डाँडाखर्क, भेड्पु, घ्याङसुकठोकर, पवटी र शैलुगेश्वर, चर्नावती वा देउराली गाउँपालका ः फस्कु, काटकुटी, मागापौवा, ताम्चेदुधपोखरी, भुषाफेदा र (लाँकुरीडाँडा), भीमेश्वर नगरपालिका ः बोच, भीमेश्वर नगरपालिका, सुस्पाक्षमावती र (लाँकुरीडाँडा), कालिञ्चोक गाउँपालिका ः सुन्द्रवती, सुनखानी, लापिलाङ, लामिडाँडा, बाबरे र कातिञ्चोक, लामाबगर गाउँपालिका ः विगु, आलम्पु, खोपाचागु, चिलंखा, लादुक, बुलुङ, ओराङ र लामाबगरु । रासस

वि.सं.२०७३ कात्तिक १४ आइतवार ०२:४५ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...