back
CTIZAN AD

सरकारको एक वर्षका सुनौला दिन व्यर्थमा : काङ्ग्रेस

वि.सं.२०७५ फागुन ६ सोमवार

654 

shares

६ फागुन, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सहज राजनीतिक वातावरण र दुई तिहाइको बहुमतका बाबजुद एक वर्षको सुनौला दिनलाई सरकारले व्यर्थमा व्यङग्य गरेको टिप्पणी गरेको छ ।

वर्तमान सरकार गठन भएको वर्ष दिन पुगेको सम्बन्धमा काङ्ग्रेसले आज आफ्ना धारणा सार्वजनिक गरेको हो । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले नागरिकको अपेक्षाअनुसार शान्ति सुरक्षा, सुलभ बजार म्ूल्य र भरोसा कायम गर्न नसकेको आरोप लगाए । सरकारले एक वर्षमा मधेशका माग सम्बोधन गर्न संविधान संशोधनमा कुनै प्रक्रिया अघि नबढाएको उल्लेख गर्दै उहाँले डा गोविन्द केसीसँग प्रधानमन्त्रीकै अग्रसरतामा भएको सम्झौता सत्ता पक्षले उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

बितेको वर्ष कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी पत्ता लगाइ कारवाही गर्न सरकार असफल भएको कांग्रेसले जनाएको छ । प्रवक्ता शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना नेपालको आफ्नै लगानीमा निर्माण गर्ने गरी रकम सङ्कलन भइरहेका अवस्थामा परियोजना एकाएक विदेशी कम्पनीलाई सुम्पिनु विश्वासघात हो भने ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन कांग्रेसको नेतृत्वको तत्कालीन सरकारले सम्पादन गरेको जानकारी गराउँदै उनले वर्तमान सरकारले तामझामका साथ भड्किलो ढङ्गले प्रचार गरेर जस लिन खोजेको टिप्पणी गरेका छन् । प्रेस स्वतन्त्रतामा अङ्कुश लाग्ने फौजदारी संहिताको केही प्रावधान सच्याउने दिशामा कुनै पहल नगरिएको शर्माले बताए । यो वर्ष प्रेसलाई थप नियन्त्रित र निरुत्साहित गर्ने अनेक उपक्रम दृश्यमा प्रकट भएको उनले टिप्पणी गरेका थिए ।

शर्माले भने, “एकातर्फ प्रदेश नामकरण र राजधानी टुङ्गो अझै सबै भइसकेको छैन भने अर्कोतर्फ प्रदेशमा पर्याप्त अधिकार, बजेट र कर्मचारी समायोजनको परिपक्व बन्दोबस्त भएको छैन ।”

संवैधानिक परिषद्मै संविधान मिचियो

कांग्रेसले सरकारले प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषद्को बैठक बसी केही निर्णय गरेर संवैधानिक परिषद्मै संविधान मिचेको जनाउँदै संसद्मा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थासमेत पालना नभएको आरोप लगाएको छ । साथै चिकित्सा शिक्षा विधेयक पारित गर्दा प्रतिनिधिसभामा सरकार र सभामुखद्वारा बहुमतका बलमा विवेक कुल्चिएर व्यवहार गरिएको प्रवक्ता शर्माले बताएका थिए ।

इतिहासमै सबैभन्दा सहज राजनीतिक वातावरण भएर पनि प्रधानमन्त्रीले बितेको एक वर्षमा कुशल शासकीय क्षमता प्रदर्शित गर्न नसकेको कांग्रेसको मूल्याङ्कन छ । “इतिहासमा बोली होइन कर्म लेखिन्छ भन्ने शास्वत सत्य बुझ्न नसक्दा बितेको एक वर्षमा व्यावहारिक गम्भीरता र शासकीय योग्यताको विकासतर्फ प्रधानमन्त्रीको क्षमता देखिएन, त्यसले आगामी चार वर्षका लागि पनि चुनौतीको सङ्केत गरेको छ”, प्रवक्ता शर्माले भने ।

भेनेजुयला प्रकरणमा सत्तापक्षले कूटनीतिक मामिलामा अपरिपक्वता प्रस्तुत गरेको बताउँदै उहाँले कूटनीतिक प्रश्नमा अलमल, द्विविधाग्रस्त टिप्पणी या जरुरी नै नभएको वक्तव्यवाजीले मुलुकको हित नगर्ने स्पष्ट पार्नुभयो । वाइडबडी जहाज खरीदमा भएको अर्बौं रुपैयाँको घोटाला सम्बन्धमा काङ्ग्रेसले दोषीलाई कारवाही गर्न ‘तथ्यको जगमा सत्यको खोजी गर्न’ आग्रह गर्दै आएको शर्माको भनाइ थियो ।

मेलम्ची परियोजनाको भविष्य अन्योल

वर्तमान सरकार बनेपछि मेलम्ची परियोजनाको भविष्य अन्योलमा परेको उल्लेख गर्दै प्रवक्ता शर्माले यसले समय थप लाग्ने एवं लगानी बढ्ने स्थिति उत्पन्न भएको बताए ।

कांग्रेसले सरकारको एक वर्षमा भ्रष्टाचार तीव्र ढङ्गले फैलिएको र संस्थागत हुँदै गएको टिप्पणी गरेको छ । प्रवक्ता शर्माले भने, “बलियो सरकार भएका बेला मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने, लगानीका अवसर बढ्ने, बाह्य लगानीकर्ता आकर्षित हुने, शान्तिसुरक्षा भरपर्दाे ढङ्गले कायम भई लगानीकर्ता लगानीका लागि ढुक्कले आउने पूर्वानुमान र आम अपेक्षा यो वर्ष दिनमा खण्डीत भएको छ ।”

कांग्रेसले दुई तिहाइ बहुमतको बलियो सरकार गठन भए पनि विगतको तुलनामा पूँजीगत खर्च बढ्न नसकेको, विदेशी लगानी कम भित्रिएको, व्यापार घाटा बढेको, बजार भाउ वृद्धि भएको, शोधानान्तर घाटा बढेको र शेयर बजार धाराशायी भएको जनाएको छ । प्रवक्ता शर्माले काङ्ग्रेसको नेतृत्वको सरकारले स्पाइनल इन्जुरी भएका, क्यान्सर, मुटु र मिर्गौलाका अशक्त बिरामीलाई जीविकोपार्जन भत्ता मासिक रु पाँच हजार दिने निर्णय गरेको जानकारी दिँदै वर्तमान सरकारले त्यसलाई खारेज गरेको भन्दै दुःख व्यक्त गरेका थिए । उनले एक वर्षको समग्र गल्ती, कमजोरी सुधार गरेर अघि बढ्ने सङ्कल्प गरेर सरकार आगामी वर्षमा देशलाई सही ढङ्गले नेतृत्व गर्न सफल हुन सकोस् भनी शुभकामना पनि दिएका थिए ।

वि.सं.२०७५ फागुन ६ सोमवार ०९:१४ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...