back
CTIZAN AD

मुटुरोग शिविरमा ११०० को परीक्षण

वि.सं.२०७३ कात्तिक १५ सोमवार

1.1K 

shares

फलेवास (पर्वत),  पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परीक्षण शिविरमा एक हजार १०० जनाको परीक्षण गरिएको छ ।

दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा शनिबार आइतबार गरी दुई दिन सञ्चालित शिविरमा एक हजार १०० को परीक्षण गरिएको हो । धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको थियो ।

पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० र दोस्रो दिनमा ५०० भन्दा बढीको परीक्षण गरिएको थियो । वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरेको हो ।

शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिनुभयो । शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । परीक्षण गरिएका बिरामीमा चार जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने सात जनाभन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन् ।

शिविर आयोजना गर्न एनआरएनका संयोजक कुल आचार्यले रु ७० हजार, लायन्सका कुश्मास्थित डिस्ट्रिक पदाधिकारीले रु ४० हजार र लायन्स डिस्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले रु २५ हजार सहयोग गर्नुभएको थियो ।

वि.सं.२०७३ कात्तिक १५ सोमवार ०५:२७ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...