back

छोराले आमाको हत्या गरे

वि.सं.२०७३ कात्तिक १५ सोमवार

687 

shares
IME Limited
NTC AD

  गाईघाट (उदयपुर), उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति लक्ष्मीपूजाको रात मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् ।

प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेको हो ।

कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले बताउनुभयो ।

आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा लगिएको प्रहरी चौकी बेलस्रोतका प्रमुख लामाले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक १५ सोमवार ०५:२५ मा प्रकाशित

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

अध्यक्ष बन्नलाई नै एमालेमा फर्किएकी हुँ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष बन्नकै लागि...

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

छ बुँदे सहमतिपछि सुन पसलहरु आजदेखि खुल्यो

काठमाडौं । सुनचाँदी व्यवसायीले आन्दोलन स्थगित गरेका छन् । बिहीबार...

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...