back

भारतीय राष्ट्रपतिको स्वागतका लागि विशेष तयारी

वि.सं.२०७३ कात्तिक १४ आइतवार

717 

shares

काठमाडौँ, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको स्वागतका लागि काठमाडौँ महानगरपालिकाले सरसफाई र सौन्दर्यीकरणको कामलाई तीब्र बनाएको छ ।

तयारी स्वरुप महानगरपालिकाले बानेश्वर, चावहिल, गौशाला, लैनचौर, कालिमाटीलगायतका स्थानको सडक छेउमा रङ लगाउने र सफागर्ने काम तीब्ररुपमा भइरहेको कामनपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले राससलाई जानकारी दिनुभयो ।

त्यसैगरी, त्रिभुवन अन्तराष्र्टि«य विमानस्थलको छेउ, नयाँ बानेश्वर, रत्नपार्क, बबरमहलमा स्वागतद्वार निर्माणको काम भइरहेको छ । राष्ट्रपति मुखर्जी यही कात्तिक १७ गते नेपालको राजकीय भ्रमणमा आउने तयारी रहेको छ । भोलि साँझसम्ममा तयारीका सबै काम सम्पन्न हुने बताइएको छ ।

नागरिक अभिनन्दन

यही कात्तिक १८ गते साँझ ५ बजे राष्ट्रिय सभागृहमा राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले राष्ट्रपति मुखर्जीलाई नागरिक अभिनन्दन पत्र पढेर सुनाउनुका साथै कामनपाको साँचो हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

अभिनन्दन कार्यक्रमकै क्रममा भारतीय राष्ट्रपति मुखर्जीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम रहेको प्रवक्ता कार्कीले बताउनुभयो । कामनपाका प्रमुख तामाङले राष्ट्रपति मुखर्जीलाई मायाको चिनो पनि प्रदान गर्नु हुनेछ ।

वि.सं.२०७३ कात्तिक १४ आइतवार १३:२१ मा प्रकाशित

Himalayan Life AD
निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

निर्वाचनको विकल्प नभएको उपेन्द्र यादवको भनाई

देवदह (रुपन्देही) । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र...

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

  काठमाडौं । सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि...

सन्तोष परियारले छाडे रास्वपा

सन्तोष परियारले छाडे रास्वपा

काठमाडौं । सन्तोष परियारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोडेका छन्...

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...