८ फागुन, काठमाडौं । बलात्कारपछि हत्या भएकी कन्चनपुरकी बालिका निर्मला पन्तको डीएनए परीक्षणका लागि अमेरिका पठाइने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार डीएनजएको बैद्यानिकतामै प्रश्न उब्जिएपछि विश्वसनियताका लागि डीएनए अमेरिका पठाउने प्रक्रिया सुरु गरिएको हो । हाल निर्मलाको डीएनए प्रहरीको विधि विज्ञान प्रयोगसालामा रहेको छ ।
यसअघि मानवअधिकार आयोग तथा नागरिक स्तरबाट डीएनएको नमुना संकलन गर्दा त्रुटि भएको तथा प्रहरीको प्रयोगशालामै गरिनुले यसको बैद्यानिकतामाथि प्रश्न उठ्दै आएको थियो ।
निर्मला पन्तको बलात्का र हत्याका मुख्य अभियुक्त पत्ता लगाउने एक मात्र विकल्पका रुपमा रहेको डीएनएको समग्र संकलन प्रक्रियाका लागि नै बिज्ञ समूह गठनको माग गरिँदै आएको छ । आजको राजधानी दैनिकबाट
वि.सं.२०७५ फागुन ८ बुधवार ०८:०२ मा प्रकाशित