८ फागुन, काडमाडौ । पछिल्ला दुई वर्ष विदेशमा उच्च शिक्षा अध्ययन गर्न जान नो अब्जेक्सन लेटर एनओसी लिने विद्यार्थीको संख्या एक लाख नाघेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखामा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको दैनीक भीड लाग्ने गरेको छ । एनओसी शाखाका अधिकृत बमशेर राईका अनुसार अचेल दैनिक तीन सय हाराहारीमा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।
शिक्षा मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०६९\०७० मा कुल १६ हजार ५ सय ४ विद्यार्थीले एनओसी लिएका थिए, भने यो संख्या ०७०\०७१ म वृद्धि भएर २८ हजार १ सय २६ पुग्यो । यसै गरी ०७१\०७२ मा सो संख्यामा वद्धि भई ३० हजार ६ सय ९६ पुग्यो । आर्थिक वर्ष ०७२\०७३ मा आइपुग्दा एनओसी लिन जाने विद्यार्थीको संख्या ३२ हजार ४ सय ८९ पुगेको थियो । बुधबारको नागरिक दैनिकमा रुबी रौनियारले लेखेका छन् ।
वि.सं.२०७५ फागुन ८ बुधवार ०८:१० मा प्रकाशित






























