
८ फागुन, जनकपुरधाम । फ्रुटी र चाउचाउमा लोभिँदा धनुषाकी ११ वर्षीया बालिका रेश्माको ज्यान गएको खुलेको छ । छिमेकीको बिहे भोजमा रमाइरहेकी धनुषा मिथिलिा नगरपालिका ३ हरिपुर मगरटोलकी दुतिया रसाइली (रेश्मा) लाई बिहेमा आएका एक युवाले फ्रुटी र चाउचाउमा लोभ्याएर बलात्कार पछि हत्या गरेका हुन् ।
फागुन १ गते ८ः३० बजेसम्म रेश्यमा बाजाका धुनमा नाच्दै थिइन् । तर, उनले त्यो रमाइलो भोलिपल्ट परिवारसँग साट्ने अवसर पाइनन् । नाचगानकै बिचमा लाइन गयो । अँध्यारो भएपछि केही केटाकेटीबाहेक अधिकांश घरतिर लागे । तर, त्यहि मौकामा २२ वर्षीय नीरज जर्घा मगरले रेश्मालाई सिकार बनाए ।
बोल्न नसक्ने रेश्मालाई नीरजले फ्रुटी र चाउचाउ दिएर फाकाई खोलाको बाटो हुँदै उत्तरतर्फ करिब २ सय मिटर उखुखेतमा लगे । रक्सी, लागुऔषध (ट्याबलेट) र गाँज सेवन गरी मात्तिएका नीरेजले रेश्मालाई फ्रुटी र चाउचाउ खान दिए । नीरजले रेश्मालाई जर्वजस्ती करणी गरे ।
बलात्कारपछि अचेत भएकी रेश्मालाई आफ्नो पोल खोल्ने डरले घाँटी थिचेर हत्या गरे नीरजले । हत्यापछि बालिकाको शब लुकाउने र फिंगर प्रिन्टलगायत प्रमाण नष्ट गर्नका लागि शबमाथि सुकेका सालको पात राखेर आगो लगाएर उनी फेरि बिहेस्थलमै फर्किए । अहिले उनी प्रहरी हिरासतमा छन् । आजको अन्नपूर्णपोस्ट दैनिबाट
वि.सं.२०७५ फागुन ८ बुधवार ०८:११ मा प्रकाशित





























