back
CTIZAN AD

कोटेश्वर–कलङ्की सडकको बाहिरी लेन निर्माण आधा

वि.सं.२०७५ फागुन ८ बुधवार

759 

shares

८ फागुन, काठमाडौ । कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन सर्भिस ट्र्याक निर्माण आधा सकिएको छ । दश दशमलव चार किलोमिटर लामो सो सडकको बाहिरी लेनको भौतिक प्रगति झण्डै ५० प्रतिशत रहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

कोटेश्वर–कलङ्की सडक चिनियाँ सरकारको आर्थिक सहयोगमा निर्माण भई गत महीना चिनियाँ दूतावासले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियोे । सडकमा आठ लेन चिनियाँ निर्माण कम्पनीले तथा दुई लेन नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनले भने “चाँडो काम सक्न लागिपरेका छौँ ।”

नेपाल सरकारले वार्षिक छुट्याएको बजेटबाट काम गर्नुपर्ने हुँदा केही भागमा निर्माणको काम सकिएको र केही भागमा धमाधम काम भइरहेको शर्माले बताएका थिए । अघिल्लो वर्षसम्म सडकको आठ लेनमा निर्माण जारी रहँदा यी दुई लेनमा भने सडक छेउमा रहेका संरचना हटाउन नसक्दा काममा ढिलाइ भएको थियो । उहाँका अनुसार सडकमा मुख्य चार लेन, सहायक चार लेन र सर्भिस ट्र्याक दुई लेन रहेको छ । उनले भने, “चालकले सर्भिस ट्र्याकबाट प्रवेश गरेर नै सहायक लेन हुँदै मुख्य लेनमा प्रवेश गर्न मिल्छ ।”

वि.सं.२०७५ फागुन ८ बुधवार ०९:४५ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...