back

दुई चालक नराख्ने सवारी साधन कारवाहीमा

वि.सं.२०७५ फागुन ९ बिहीवार

447 

shares
GLOBAL IME AD
NTC AD

 

९ फागुन,काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गर्ने सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे÷नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न एप्स सञ्चालनमा ल्याएको बताउँदै उक्त कानून नमान्ने सवारी साधनलाई कारवाही गरिएको जानकारी दिए ।

निर्देशनालयले लामो दूरीका सवारीचालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेर एप्समार्फत हेर्ने व्यवस्था मिलाएको थियो । उक्त एप्स सञ्चालनसँगै सवारी दुर्घटना न्यूनीकरण हुने बताइएको छ । उक्त एप्स पहिलो चरणमा काठमाडौँको नागढुङ्गामा, प्रदेश नं २ को सर्लाहीको कर्मैया र प्रदेश नं ५ को बाँकेको कोहलपुरमा एप्स सञ्चालनमा ल्याइएको थियो । कानून नमान्ने सवारी साधनलाई रु एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १०:२३ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...