back
CTIZAN AD

साउदीको जेद्दामा ६९ औ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो

वि.सं.२०७५ फागुन ९ बिहीवार

603 

shares

७ फाल्गुण २०७५ को दिन नेपाली महावाणिज्यदूतावास जेद्दा साउदी अरेवीयाले एक कार्यक्रमको आयोजना गरी ६९ औ रास्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।

नेपालमा १०४ वर्षे लामो निरंकुश जहानिया राणा शासनको बिरुद्ध भएको ससस्त्र संघर्ष र बलिदानबाट बि.स २००७ साल फागुन ७ गते जहानिया राणा शासनको अन्त्य भएको थियो यसै दिनलाइ रास्ट्रिय प्रजातन्त्र दिवसको रुपमा बिशेष कार्यक्रम गरि मनाउने गरिन्छ ।

साउदी अरबको जेद्धामा रहेका नेपाली समुदायको उपस्थिति रहेको उक्त पहिलो चरणको कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत रेवतीरमण पौडेलले नेपाली राष्ट्रिय झण्डा झन्डोत्तलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

नेपाली राष्ट्रिय गान र प्रजातन्त्र प्राप्तिको लागि बलिदान दिएका ज्ञात, अज्ञात सहिदहरुको सम्झनमा एक मिनट मौन धारणपछि सुरु गरिएको कार्यक्रममा महावाणिज्यदूत पौडेलले १०४ वर्ष सम्मको लामो जहानिया राणा साशनको अन्त्यपछी २००७ को प्रजातान्त्रिक उपलब्धि र त्यसपछीको प्रजातान्त्रिक अभ्यासको बारेमा प्रकाश पारेका थिए ।

दूतावासका श्रम सहचारी राजु कुँवरले उपस्थित नेपाली समुदायका प्रतिनिधि, समाजसेवीहरु लाइ स्वागत गर्दै प्रजातान्त्रिक उपलब्धी र यसको विशेषताको संक्षिप्त जानकारी गराएका थिए ।

कार्यक्रम नेपाली महावाणिज्य दूतावासका सहायक बाणिज्यदुत झुप लाल पुनले संचालन गरेका थिए ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १०:४७ मा प्रकाशित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...