back
CTIZAN AD

बालिका बलात्कार कसुरमा ६५ वर्षेलाई छ वर्ष कैद

वि.सं.२०७५ फागुन ९ बिहीवार

642 

shares

९ फागुन, सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपािलका–१ भारदहका एक व्यक्तिलाई बालिका बलात्कारको अभियोगमा छ वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलाशले १४ वर्षीया बालिका बलात्कार गरेको कसुरमा ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई सो कैदसहित रु ३० हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको अदालतका कर्मचारी तीर्थ शर्माले बताउनुभयो । उहाँका अनुसार अदालतमा आई झुठा बकसपत्र गरेको कसुरमा उजुरकर्ता एवं पीडितका बुबालाई समेत रु ५०० जरिवाना गरिएको छ ।

भैँसी चराउन जङ्गल जाने गरेकी बालिकालाई गत जेठ २१ गते र त्यसअघि पटक–पटक बलात्कार गरेको भन्दै पीडितका बुबाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा जेठ २५ गते उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालयले आरोपीलाई गत जेठ २७ गते पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशमा आरोपी पाण्डेय गत असार १९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १८:३९ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...