back
CTIZAN AD

गैरआवासीय र विदेशीलाई परिचयपत्र नदिन सुझाव

वि.सं.२०७५ फागुन ९ बिहीवार

732 

shares

९ फागुन, काठमाडौँ । राष्ट्रिय परिचयपत्र गैरआवासीय नेपाली र विदेशीलाई वितरण गर्न नहुनेमा सुझाव दिइएको छ ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले आज यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणका सम्बन्धमा व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफलमा सहभागी सांसदले उक्त परिचयपत्र नेपाली नागरिक तथा नागरिकता प्राप्त गर्न योग्य नेपालीलाई मात्र वितरणको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले गैर आवासीय नेपालीको नागरिकताको विषय छलफलमा रहेका कारण उनीहरुलाई स्वदेशमा लगानी गर्ने तथा पहिचान हुने व्यवस्था गर्नुपर्ने भए पनि परिचयपत्र उपलब्ध नगराइने जानकारी गराए ।

सांसद विजय सुब्बाले गैरआवासीय नेपाली तथा विदेशीलाई सामाजिक सुरक्षा कार्डको व्यवस्था गर्न सकिने बताउँदै उनीहरुलाई परिचयपत्र वितरण गर्दा राष्ट्रियतामा आघात पुग्ने विचार व्यक्त गरे ।

सांसद पम्फा भुसालले निश्चित समय नेपाल बसेका विदेशीलाई स्थायी बसोबासलगायतका अन्य प्रकारले सुविधा दिन सकिने भए पनि परिचयपत्र नेपाली नागरिकलाई मात्र वितरण गर्नुपर्नेमा जोड दिइन् ।

सभापति शशि श्रेष्ठको सभापतित्वमा भएको छलफलमा सांसद यशोदा सुवेदी, प्रेम सुवाल, रेखा शर्मा, दीव्यमणि राजभण्डारी, नवराज सिलवाल तथा गृहसचिव प्रेमकुमार राईले परिचयपत्रमा फोटो, औँलाको छाप, रेटिनाको प्रयोग गरी वैयक्तिक तथा जैविक विवरणको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

वि.सं.२०७५ फागुन ९ बिहीवार १८:४४ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...