back

तीन वर्षभित्र देशैभर विद्युत विस्तार– मन्त्री पुन

वि.सं.२०७५ फागुन १० शुक्रवार

1.3K 

shares
GLOBAL IME AD
NTC AD

१० फागुन, तुलसीपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत विस्तार हुने बताएका छन् ।

रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरेका थिए । “विभिन्न स्थानमा विद्युत उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भने ।

“तुलसीपुर उपमहानगरपालिकासँग विद्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पु¥याउन लाग्नेछौँ”, उनले भने ।

अर्काे फरक प्रसङ्गमा प्रदेश नंं ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री पुनले “बाँके, बर्दियालगायत जिल्लाले पनि कुरा उठाएका छन्, राजधानीका लागि प्रदेशसभाले सबै स्थानीय तहको निकटताको हिसाबले स्थायी राजधानी तोक्ने”, उनले भने ।

उपमहानगरका वडा शोकमा बन्द हुने

पाँच नं प्रदेश अन्तर्गत दाङ क्षेत्र नं ३ ख का सांसद उत्तरकुमार वलीको निधनमा तुलसीपुर उपहानगरपालिकाले आज ३ ख अन्तर्गतका वडा कार्यालय बन्द गरेको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेका अनुसार उक्त क्षेत्रमा पर्ने १, २, १० र ११ नं वडा कार्यालय आज एक दिन बन्द गर्नाका साथै १३ दिनसम्म वडा कार्यालयमा शोक पुस्तिका राख्नका लागि निर्देशन पनि दिइएको छ ।
दुर्घटनामा पर्नुभएका सांसद ओलीको उपचारका क्रममा आज बिहान १ बजे काठमाडौँको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १३:३४ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...