back
CTIZAN AD

काम पूरा नहुँदै नेकपाको कार्यदल किन भंग गरियो ?

वि.सं.२०७५ फागुन १० शुक्रवार

639 

shares

१० फागुन, काठमाडौं । सांगठनिक एकताका लागि पुस १३ गते गठन भएको कार्यदलले अन्तिम प्रतिवेदन नबुझाउँदै भंग गरिएको छ ।

सोमबार बसेको नेकपाको बैठकमा कार्यदलले पार्टी एकताको विवादित विषयलाई थाति राखेर प्रतिवेदन बुझाएको थियो । सोहि प्रतिवेदनमाथि विहिबार देखि छलफल चलेपनि
शुक्रबारको सचिवालय बैठकले उक्त कार्यदल भंग गरेको बताइएको छ ।

विहिबारदेखी सुरु भएको उक्त छलफलमा कार्यदलका संयोजक रहेका राम बहादुर थापा ‘बादल’ ले थप एकसाताको समय माग गरेका थिए । कार्यदललका अन्य सदस्य समेत यसमा सहमत भएको अवस्थामा पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार नै कार्यदल भंग गर्ने मनसाय राखेपछि शुक्रबार कार्यदल भंग गर्दै शिर्ष नेता रहेको सचिवालयले नै सांगठनिक एकताको प्रस्ताव तयार गरेर स्थायी कमिटीमा पेश गर्ने बताइएको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताको प्रस्ताव अब सचिवालयले नै तयार गर्ने र स्थायी समितिमा पेश गर्ने बताएका छन् ।

पटक–पटक सचिवालयको दवाव परेपछि कार्यदलले काम सक्न हतार, कार्यदलमानै विवाद तथा एकले अर्काको चित्त बुझाउन नसक्दा संयोजक थापालाई नै अप्ठ्यारो परेको कुरा बाहिर आएका थिए ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १३:२९ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...