back
CTIZAN AD

अपाङ्ग भएका व्यक्तिलाई सामाग्री सेवा प्रदान

वि.सं.२०७५ फागुन १० शुक्रवार

867 

shares

१० फागुन, काठमाडौ । राष्ट्रिय अपाङ्ग कोषले ४१९ अपाङ्ग भएका व्यक्तिलाई सामाग्री प्रदान गरेको छ ।

कोषले चालु आर्थिक वर्षको ६ महीनामा फिजीयोथेरापी÷अङ्कुपेशन थेरापी, कृतिम हातखुट्टा, वैशाखी, सेतो छडी, क्यालिपरलगायतका सामाग्री उत्पादन गरी प्रदान गरेको हो ।

संयुक्त राष्ट्रसङ्घले सन् १९८१ मा विश्वभर अपाङ्ग दिवस मनाइरहँदा नेपालमा पनि आवश्यकता महसुस गरी स्थापना भएको कोषले अपाङ्ग व्यक्तिलाई चाहिने सामाग्रीसमेत उत्पादन गर्दै आएको छ ।

कोषका प्रशासन प्रमुख सुनिता पौडेल वार्षिक रुपमा एक हजारभन्दा बढी अपाङ्गता भएका व्यक्तिलाई कोषले सामाग्री प्रदान गर्दै आएको बताउनुहुन्छ । “केन्द्र र घुम्ती शिविरमार्फत अपाङ्गता भएका व्यक्तिलाई सेवा प्रदान गर्दै आइरहेका छौँ,”उनी भन्छन् ।

कोषले गत वर्षमात्र गोरखा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र चितवनमा घुम्ती शिविरमार्फत सेवा प्रदान गरेको थियो । अधिकाशं अपाङ्गता भएका व्यक्ति केन्द्रमा आउन नसक्ने भएकाले प्रदेशस्तरमा समेत कोष लैजानुपर्ने आवश्यकता देखिएको प्रशासन प्रमुख पौडेल बताउछन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाजकल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग कोष समाज कल्याण ऐन, २०४९ अनुसार सञ्चालनमा रहेको छ ।
वार्षिक पाँचदेखि सात घुम्ती शिविरमार्फत सेवा प्रदान गर्दै आएको कोषले भूकम्पप्रभावित जिल्लामा रहेका अपाङ्गलाई लक्षित गरी आफ्ना कार्यक्रम सञ्चालन गरिरहेको छ । विभिन्न घटनाका कारण अपाङ्गता बढ्ने क्रम बढ्दो भए पनि स्रोत साधनको अभाव हुँदै गएको छ ।

यस्तै, कोषले प्रतिभाशाली अपाङ्ग भएका व्यक्तिलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०७५ फागुन १० शुक्रवार १३:२२ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार...

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...