back
CTIZAN AD

भेटीले मात्र प्रदेश धान्न नसकिने: पूर्वमन्त्री यादव

वि.सं.२०७३ कात्तिक १८ बिहीवार

762 

shares

१८ कात्तिक,महोत्तरी । जनकपुरस्थित जानकी मन्दिरको भेटीबाट प्राप्त हुने आम्दानीले २ नम्बर प्रदेश धान्न नसकिने सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम पूर्वमन्त्री हरिनारायण यादवले बताउनुभएको छ ।

पार्टी प्रशिक्षण एवम् क्षेत्रीय भेलालाई सम्बोधन गर्न महोत्तरीको गौशाला आउनुभएका पूर्व कृषिमन्त्री यादवले पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्नुहुँदै सङ्घीयताअनुसार कायम भएको दुई नम्बर प्रदेशमा वन, जङ्गल, औद्योगिक क्षेत्र, पर्यटन क्षेत्र लगायतका आम्दानीका स्रोत नभएकाले यस क्षेत्रका प्रमुख स्थल मानिने जनकपुरस्थित जानकी मन्दिरबाट प्राप्त हुने आम्दानीले मात्र यो प्रदेशलाई धान्न नसकिने बताउनुभयो ।

आफुहरुले जनसङ्ख्याका आधारमा प्रदेश गठन गरिनुपर्ने माग गर्दै आएकाले तराईमा दुई प्रदेश आवश्यक रहेको उहाँले प्रतिक्रिया दिनुभयो । एक अर्को प्रसङ्गमा यादवले आफूहरुको आन्दोलन मधेस मुक्तिका लागि मात्र नभई देशका सम्पूर्ण आदिवासी, जनजाति, मुस्लिम, पिछिडिएको हरेक समुदायको संविधानमा समान हकअधिकार स्थापित गराउनका लागि रहेको बताउनुभयो । सो हकअधिकार संविधानलाई संशोधन गरी उनीहरुको माग पूरा गरिनुपर्ने अतिआवश्यक रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीको चुनावपूर्व भएको सम्झौताअनुरुप छठसम्म आफूहरुको माग सम्बोधन नगरे आफूहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिई नयाँ शिराबाट आन्दोलनमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

त्यस्तै, सोही कार्यक्रमबीच पूर्वसभासद् एवम् केन्द्रीय सदस्य कौशलकुमार यादवले सरकारले नै मधेसीमाथि विभेद गर्दा आफूहरु आन्दोलनमा उत्रेको बताउनुभयो । आफूहरुको यो लडाइँ कुनै व्यक्तिगत, जातिगत, सामाजिक स्वार्थका लागि नभई भावी पुस्ताले गर्वका साथ आफू मधेसी सन्तान भएको पहिचान दिलाउनका लागि भएको धारणा नेता यादवले राख्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक १८ बिहीवार ०४:२४ मा प्रकाशित

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

सांसद तामाङको ’हस्तक्षेप’ विरुद्ध धादिङका १३ वटै पालिका एकजुट, प्रतिकार गर्ने चेतावनी

काठानडौँ । धादिङका स्थानीय तहहरूले संविधानप्रदत्त एकल अधिकारको रक्षाका लागि...

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङका १३ स्थानीय सरकारको संयुक्त चेतावनी : संवैधानिक अधिकारमा हस्तक्षेप नगर्न आग्रह

धादिङ । धादिङ जिल्लाका १३ वटै स्थानीय तहले संयुक्त विज्ञप्ति...

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...