back
CTIZAN AD

शुक्रबारदेखि वेद र विज्ञानको अन्तर्राष्ट्रिय सम्मेलन

वि.सं.२०७५ फागुन १५ बुधवार

876 

shares

१५ फागुन, काठमाडौ ।  वैदिक र आधुनिक विज्ञानका बारेमा तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।

नेपाल महर्षि वैदिक फाउन्डेशन, नेपाल महर्षि फाउन्डेशन फर वैदिक कल्चर र महर्षि फाउन्डेशन फर वैदिक इण्डियाको संयुक्त आयोजनामा हुने सम्मेलनमा वैदिक विज्ञानका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत हुनेछ । सम्मेलनमा वेद र विज्ञानका अन्तर्राष्ट्रियस्तरका विद्वान्को सहभागिता रहने जनाइएको छ । कार्यक्रममा वैदिक र आधुनिक विज्ञानका बारेमा छलफल हुने फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।

सम्मेलनमा वेदलाई आधुनिक विज्ञानले प्रमाणित गरेका सन्दर्भमा वैज्ञानिकले कार्यपत्र प्रस्तुत गर्नुहुने छ । कार्यक्रममा वैदिक शिक्षा, स्वास्थ्य, कृषि, वास्तुलगायत विषयमा पनि छलफल हुनेछ ।
कार्यक्रममा विश्वशान्तिका लागि योग, ध्यान र वैदिक यज्ञका माध्यमबाट पर्ने प्रभावका बारेमा वैज्ञानिक रुपमा गरिएको अध्ययनका बारेमा प्रस्तुतिसहित छलफल गरिने छ । विश्व शान्तिका लागि हाल नेपालका ७५ गुरुकूलमा वैदिक रुद्राभिषेकसहित योग र ध्यानको कार्यक्रम सञ्चालन भइरहेको फाउन्डेशनले जनाएको छ ।

वैदिक गुरु परम्पराबाट आएको यो ज्ञानको पछिल्लोपटक महर्षि महेश योगीले विश्वव्यापीरुपमा जागरण गर्नुभएकाले महर्षिका नाममा संस्था स्थापना गरी गतिविधि भइरहेको जनाइएको छ । हाल विश्वका १९२ देशमा भावातीत ध्यान र सिद्धि कार्यक्रमका नाममा यो ज्ञान दिने गरिन्छ ।

वि.सं.२०७५ फागुन १५ बुधवार १४:२३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...