back
CTIZAN AD

बारम्बार किन हुन्छ ताप्लेजुङमा दुर्घटना ?

वि.सं.२०७५ फागुन १७ शुक्रवार

657 

shares

१७ फागुन, ताप्लेजुङ । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो की अरु कुनै कारण छन् भन्ने बहस सुरु भएको छ । बुधबार पाथीभारा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार हेलीकोप्टर दुर्घटनामा पर्यो । ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो । घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरुले अनेक बहस थालेका छन् ।

लामो समय यहाँस्थित नेपाल वायु सेवा निगमको स्टेसन इन्चार्ज भएर काम गरी अहिले सेवानिवृत्त भएका हेमन्तकुमार उप्रेतीको भनाइमा जहाज दुर्घटनाका हिसाबले ताप्लेजुङको आकाश विल्कुल दोषी छैन । आकाश र भुगोललाई होइन, छिनछिनमा परिवर्तन भइरहने यहाँको मौसमलाई केही भन्न सकिएला उप्रेतीले भने, मौसमलाई चुनौती दिन प्रयास गरे दुर्घटनाको सम्भावना बलियो बन्छ । शुक्रबारको नागरिक दैनिकमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार ०७:५२ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...