back
CTIZAN AD

को–को पुगे त श्रद्धान्जलि दिन टुडिखेँल ?

वि.सं.२०७५ फागुन १७ शुक्रवार

618 

shares
१७ फागुन, काठमाडौँ । दुईदिनको धुम्मपछि खुलेको आकाश । पारिलो सूर्योदय । आजको सूर्योदयको तापसँगै शोकमा डुब्यो टुँडिखेल । अनि यहाँ आएका हजारौँ मानवसागर शोकमा भावविह्वाल भइरहे ।

नयाँपुस्ताका चर्चित युवानेता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलिका लागि पार्थिव शरीर त्यहाँ राखिएको थियो । अकल्पनीय दुःखद् घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसहित सातजनालाई अन्तिम श्रद्धाञ्जलि दिन आएका आफन्तजन तथा शुभेच्छुक शोकले डुबेँ । नेपाली सेनाको एक टुकडिको शोकधुनसँगै हजारौँले पार्थिव शरीरमा पुष्पार्पण गरिरहेका थिए ।

सिर्जनशील, ऊर्जावान् एवं सबैको भरोसाका केन्द्रका रुपमा रहेका मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको बुधबार हेलिकप्टर दुर्घटनामा परी अकालमा अकल्पनीय रुपमा निधन भएको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा सो दिन ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिक शरीरमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकि थिइन् । यसपछि उपराष्ट्रपति नन्दबहादुर पुनले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा पुष्पार्पण गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाइ श्रद्धाञ्जलि अर्पण गरेका थिए । प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्यले पनि मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा पुष्पार्पण गर्दै श्रद्धाञ्जलि दिएका थिए ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्तरुपमा मन्त्री अधिकारीको पार्थिव शरीरमा पार्टीको राष्ट्रिय झण्डा ओढाएका थिए । मन्त्री अधिकारीको राजकीय सम्मानका साथ उनको जन्मस्थान पोखरामा अन्त्येष्टि गरिने कार्यक्रम छ ।

सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापासहित मन्त्रिपरिषद्का अन्य सदस्यले मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल मन्त्री अधिकारीसहित सातैजनाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे ।

यसैगरी नेकपाका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नरायणकाजी श्रेष्ठ, नेता जनार्दन शर्मा प्रभावकारलगायत पार्टीका शीर्ष नेता, कार्यकर्ता, शुभेच्छुकले पनि श्रद्धाञ्जलि दिए ।

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता अर्जुननरसिंह केसी पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टीका संयाजक डा बाबुराम भट्टराई, तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, सांसद, मुख्य सचिव, सुरक्षा निकायमा प्रमुख, यहाँस्थित कूटनीतिक निकायका प्रमुख, कर्मचारी, उद्योगी, सञ्चारकर्मीलगायतले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

दुर्घटनामा निधन भएका सबैको शव बिहीबार अपराह्न काठमाडौँ ल्याई शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । शव परीक्षणपछि त्रिवि शिक्षण अस्पतालबाट शव अन्तिम श्रद्धाञ्जलिका लागि टुँडिखेलमा ल्याइएको थियो ।

शव परीक्षणमा जटिलताका कारण श्रद्धाञ्जलिको कार्यक्रम बिहीबार ढिलाइ भएपछि आज बिहान ८ बजेका लागि तय भएको थियो । श्रद्धाञ्जलि कार्यक्रम सकिनेबित्तिकै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलिका लागि कास्कीको पोखरा लगिने र अन्य व्यक्तिको पार्थिव शरीर आआफ्नो परिवारले उपयुक्त ठानेका स्थानमा लगेर अन्तिम संस्कार गरिने गृहमन्त्रालयले जनाएको छ ।

नयाँ पुस्ताका अग्रणी नेता देशले गुमायो

भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेपछि विभिन्न दलका शीर्ष नेताले स्व अधिकारीका योगदानका बारेमा यसरी स्मरण गरेका थिए । काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले युवापुस्ताका भरोसायोग्य एवं अन्यन्त प्रतिभाशाली नेताका रुपमा स्व रवीन्द्र अधिकारी रहेको भन्दै उनको अकल्पनीय दुःखद् अवसानले देशले ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनल भने, “अगामी दिनमा यस्ता हवाई दुर्घटना नदोहोरिन दिन सरकारले विशेष ध्यान दिनुपर्छ ।”

नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले आर्थिक समृद्धि यसरी हासिल गर्न सकिन्छ भन्ने रु चिन्तकका रुपमा स्व अधिकारी हुनुहुन्थ्यो भन्दै नयाँ पुस्ता अग्रणी नेतालाई देशले गुमाएको बताए, “अब स्व अधिकारी जस्तो नेता जन्माउन देशले धेरै समय खर्चिनुपर्छ ।”

नेकपाका नेता एवं पूर्र्वप्रधानमन्त्री झलनाथ खनालले स्व अधिकारी अत्यन्त प्रतिभाशाली, प्रखर वक्ता कुशल सङ्गठनकर्ता रहेको बताए ।

वि.सं.२०७५ फागुन १७ शुक्रवार १४:१० मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...