
१७ फागुन, काठमाडौं । कम्युनिष्ट नेता भरमोहत अधिकारीको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पुस २३ गतेदेखि विरामी भएका उनलाइ सुरुमा मेडिसिटी र पछि ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था गम्भीर हुँदै गएपछि अहिले भेन्टिलेटरमा राखिएको बताइएको छ ।
अधिकोरीको अवस्था गम्भीर भएपछि सिक्किम र दुबईमा रहेका उनका दुई छोरीहरुलाई काठमाडौं बोलाइएको छ । श्रोतका अनुसार अधिकारीको अचेत अवस्थामा छन् ।
वि.सं.२०७५ फागुन १७ शुक्रवार १५:२० मा प्रकाशित