back
CTIZAN AD

पाकिस्तानले रिहाइ गरेका पाइलटलाई भारतमा के गरिन्छ त ?

वि.सं.२०७५ फागुन १७ शुक्रवार

645 

shares

१७ फागुन, काठमाडौं । पाकिस्तानमा पक्राउ परेका भारतीय वायु सेनाका लडाकुका पाइलट अभिनन्दनलाई आज पाकिस्तानले रिहाइ गर्दैछ ।

रिहाइ गरिन लागेका अभिनन्दनलाई रिहाइ लगत्तै इन्टरनेशनल रेडक्रस सोसाइटीले आफ्नो साथमा लगेर सबै जाँच गर्दछ । यस्तो जाँच यसकारण गरिन्छ कि, उनको शरीरमा कतै समस्या छन कि छैनन् भनेर ।

त्यस्तै उनको शरिमा कुनै प्रकारको ड्रग्स दिएको या शारीरिक तथा मानसिक यातना दिइएको छ कि भनेर जाँच गरिन्छ । यो जेनेभा कन्भेन्सन अनुसार गर्नुपर्ने हुन्छ । यो जाँचको दस्तावेज बनाएर भारतीय सेनालाइ दिइन्छ ।

अभिनन्दनलाई भारतीय वायु सेनाको मेडिकल टिमले पनि सय प्रतिशत नै जाँच गर्दछ । यसको लागि विशेषज्ञ नियुक्ति गरिन्छ । त्यसपछि विंग कमाण्डरसँग कुराकानी हुने र खुविया एजेन्सीसँग डीब्रिफिङ गरिन्छ । त्यसमा अभिनन्दनलाई तपाइको साथमा के–के भएको थियो वा कसरी भएको थियो भनेर जाँच गरिन्छ ।

त्यस्तै पाकिस्तानमा के–के भएको थियो, कस्तो व्यवहार भयो, के के–कुरा भयो लगायतका प्रश्नहरु सोधेर फेरि सरकारलाई रिर्पोट बुझाइन्छ ।

उनीमाथि आपत्तिजनक कुरा केही भएको छ भने भारतले अन्तराष्ट्रिय मन्चमा पेश गर्न सक्ने बताइन्छ ।
को हुन् अभिनन्दन ?
अभिनन्दन भारतीय वायु सेनामा विंग कमाण्डर हुन् । उनका बुवा पनि एयरफोर्समै काम गरेको र भाइ पनि एयरफोर्समै छन् । अभिनन्दन सन् २००४ मा भारतीय सेनामा सहभागी भएका थिए ।

अभिनन्दन पाकिस्तानमा पक्राउ परेपछि भारतका सोसियल मिडियामा धेरै कडा प्रतिक्रियाहरु आएका थिए । सुरुमा उनको भिडियो पाकिस्तानबाट आएको थियो । जस्मा उनी घाईते देखिएका थिए । र उनको अनुहारमा पनि रगत लत्पतिएको थियो ।

सोहि भिडियोमा अभिनन्दनलाई केही व्यक्तिहरुले कुटपिट गरेको देखिएको थियो । उनको आँखामा पट्टी बाँधिएको थियो । उनी भनिरहेका थिए, ‘मेरो नाम विंग कमाण्डर अभिनन्द हो । मेरो सर्भिस नं २७९८१ हो, म एक फ्लाइंग पायलट हुँ और मै हिन्दू हुँ ।’

त्यसपछि पाकिस्तानबाट अर्को भिडियो आएको थियो । अभिनन्दनले पाकिस्तानका सेनाले उनलाई अति राम्रो व्यवहार गरिरहेको र आफू पूर्णरुपमा ठिक रहेको बताएका थिए । बिबिसी

वि.सं.२०७५ फागुन १७ शुक्रवार १५:२४ मा प्रकाशित

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...