back
CTIZAN AD

अधिकारीको निधनले मुलुकलाई अपूरणीय क्षति : नेताहरु

वि.सं.२०७५ फागुन १८ शनिवार

705 

shares

१८ फागुन, काठमाडौँ । सत्तारुढ तथा प्रमुख प्रतिपक्ष दलका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको असामयिक निधनले मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन् ।

स्वर्गीय अधिकारीको सम्झनामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपाका नेता रुपनारायण श्रेष्ठले नेपालका सबै पार्टीका युवा नेताका लागि उहाँ ‘रोल–मोडल’ भएको प्रतिक्रिया दिए । उनले भने, “नेपालको विद्यार्थी आन्दोलनलाई अधिकारीले मूल प्रवाहमा ल्याउनुभएको हो । उहाँ सबै पार्टीका युवा नेताका लागि ‘रोल–मोडल’का रुपमा स्थापित हुनुहुन्थ्यो ।”
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आफू र स्वर्गीय अधिकारीबीच निकै आत्मीय सम्बन्ध रहेको बताउँदै मुलुकले निकै धेरै आशा गरेको युवा नेता गुमाएको बताए । अधिकारीमा विकासप्रति अत्यन्तै गहिरो लगाव रहेको बताउँदै उहाँले संसदको विकास समितिको सभापति हुँदा धेरै काम गर्नुभएको स्मरण गरे ।
राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले स्वर्गीय अधिकारी अत्यन्तै मिलनसार र असल नेता रहेको बताए । उनले भने, ‘‘ अधिकारी विकासप्रति निकै गम्भीर हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मधेशको विरोधमा बोल्नु भएन ।”

वि.सं.२०७५ फागुन १८ शनिवार १९:३२ मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...