back
CTIZAN AD

पाल्पामा खानेपानीको मुहान पुरिँदा समस्या

वि.सं.२०७५ फागुन २० सोमवार

648 

shares

२० फागुन, पाल्पा ।  डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाटो विस्तार गरिएको हो । सडक विस्तारका क्रममा जथाभावीरुपमा डोजरको प्रयोग गरी माटो र ढुङ्गा फाल्दा खानेपानीको मुहानमा माटो र ढुङ्गाले पुरिएपछि खानेपानीको समस्यासमेत देखिएको स्थानीयवासी नुरबहादुर बुढाथोकी गुनासो गरे ।

स्थानीयावासी गोविन्द भण्डारीका अनुसार मुझुङ छेउफानका ६० घरधुरीमा खानेपानीको उच्च समस्या छ ।
स्थानीयवासीले प्रयोग गर्ने खानेपानीका मुहानमा सडक विस्तारका क्रममा मुहान सुक्दा समस्या सिर्जना हुँदै आएको छ ।
जथाभावी सडक विस्तारले वातावरणसमेत बिग्रने देखिएको छ । गाउँमा जाने खानेपानीको टङ्की र बजार जाने आउने छोटो बाटो सबै पुरिएपछि समस्या भएको हो । वर्षात्को समयमा फेरि समस्या हुन सक्ने चिन्ता छ ।
धजा बान्नेबाट तान्सिङगलसम्मको मोटरबाटो फराकिलो बनाएको रैनादेवी छहरा गाउँपालिका–२, वडाध्यक्ष जीवनाथ पोखरेलले बताए । मोटर बाटो उपभोक्ता समिति अध्यक्ष हरिप्रसाद पोखरेलले सडक विस्तारका क्रममा समस्या देखिएको बताए । उनले भने, “मोटरबाटो विस्तारका क्रममा देखिएका समस्या दुई पक्षबीचको आपसी भेला गरी समधान खोजिने छ ।”

वि.सं.२०७५ फागुन २० सोमवार ०९:१६ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...