back

घरमा हुने सुत्केरी शून्य वडा घोषणा भयो कोटीला

वि.सं.२०७५ फागुन २० सोमवार

492 

shares
GLOBAL IME AD
NTC AD

२० फागुन, बैतडी । मातृ मृत्युदर र नवजात शिशु मृत्युदरलाई शून्यमा झार्नका लागि बैतडीको पुर्चौडी नगरपालिका–७ कोटीला घरमा हुने सुत्केरी शून्य वडा घोषणा भएको छ ।

घरमा हुने सुत्केरी शून्य वडा घोषणाका सबै मापदण्ड पूरा भएपछि वडालाई आइतबार एक कार्यक्रमका बीच पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको कोटीला स्वास्थ्यचौकीका इञ्चार्ज सुमन लुहारले जानकारी दिए । गएको एक वर्षको अवधिमा वडाभरिका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सबै गर्भवती महिलाले सरकारको मापदण्डअनुसार चार पटक गर्भजाँच गरेको, गर्भवतीले टिटी खोप लगाएको, नियमित रुपमा आइरन चक्की खाएकोलगायतका सूचक पूरा भएपछि वडालाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो ।

कोटीला पुर्चौंडी नगरपालिकाको तेस्रो र जिल्लाको १२ औँ पूर्ण संस्थागत सुत्केरी वडा घोषणा भएको छ । पुर्चौंडीको वडा नं १ हाट र वडा नं ५ कुवाकोट यसअघि नै पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेका थिए ।

त्यसैबीच पुर्चौंडी नगरपालिकाले नगरपालिकाका २० जना अनाथ तथा टुहुरा बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले प्रत्येक वडाका दुई÷दुई जनालाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको शाखा प्रमुख सरिता अवस्थीले जानकारी दिइन् ।
अनाथ तथा टुहुरा बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने हेतुले सो कार्य गरिएको होे । नगरपालिकाले चालू आर्थिक वर्षमा टुहुरा तथा अनाथ बालबालिकाका लागि रकम छुट्याएको र सोही रकमबाट पोशाक र शैक्षिक सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

वि.सं.२०७५ फागुन २० सोमवार ०९:१८ मा प्रकाशित

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

मौरीपालक किसानको सङ्ख्या बढ्यो : मह उत्पादन घट्यो

चितवन । गत वर्ष विसं २०८० को तुलनामा विसं २०८१...

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...