back
CTIZAN AD

विदेशबाट फर्केर सुरु गरे व्यवासाय कुखुरापालन

वि.सं.२०७५ फागुन २१ मंगलवार

714 

shares

२१ फागुन, गलकोट ।  बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका छन् । सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन् ।

नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बसेका ३८ वर्षीय डिल्लीप्रसाद सापकोटा र पाँच वर्ष कतार बसेर फर्केका ३३ वर्षीय यामबहादुर केसीले संयुक्तरूपमा कुखुरापालन व्यवसाय शुरु गरेका हुन् । उनीहरुले पाँच महीना अघि सो व्यवसायको सुरुआत गरेका हुन् । “पैसा कमाउन धेरै ठाउँमा पुगियो, युरोपका पाँच देश पुग्दासमेत सन्तुष्ट हुन सकिएन”, सापकोटाले भने, “विदेशमा गर्ने दुःख स्वदेशमै गर्ने इच्छाले गाउँमै कुखुरापालन थाले ।”

अर्का व्यवसायी केसीले आफ्नै देशमा मालिक र कामदार आफैँ बन्ने रहर जागेर स्वदेश फर्केको बताए । “स्वदेशमै गरेको लगानी खेर जान्न भन्ने अपेक्षा राखेर व्यवसाय गर्न आएँ”, उनले भने, । फार्ममा अहिले दुई हजार ५०० लेयर्स जातका कुखुरा छन् । दैनिक एक हजार ८०० अण्डा उत्पादन हुन्छ ।

“लगानी थप्दै गएका छौँ”, सापकोटाले भने, “दैनिक पाँच हजार अण्डा उत्पादन गर्ने लक्ष्य छ ।” उनीहरुको दैनिकी अहिले कुखुरालाई दानापानी दिन र हेरचाहमै बित्ने गरेको छ । बजारीकरण गर्न रु ३५ लाखमा जिप खरीद गरको उनले बताए । उत्पादित अण्डा बागलुङ बजार, कुश्मा, म्याग्दी तथा गलकोट लगेर बिक्री गरिन्छ । उनीहरुले एक रोपनी जग्गा आफ्नै तथा एक रोपनी भाडामा लिई कुखुरापालन गर्दै आएका छन् । “जग्गाको भाडा वार्षिक रु २५ हजार तिर्ने गरेका छौँ”, सापकोटाले भने ।

वि.सं.२०७५ फागुन २१ मंगलवार १४:३३ मा प्रकाशित

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

२७ वर्षका विनोदले गाउँमै माछा पालेर बार्षिक २५ लाखसम्म आम्दानी गर्दछन् 

घोडाघोडी (कैलाली), । गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि...

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

राष्ट्रिय कृषि नीति, २०८३ जारी, यस्तो छ पूर्ण पाठ

काठमाडौँ ।, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक,...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...