back
CTIZAN AD

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै हजार बढी थबाङवासी सदरमुकाममा

वि.सं.२०७३ कात्तिक २० शनिवार

882 

shares

२० कात्तिक, लिबाङ (रोल्पा) । गाउँपालिकाको केन्द्र थबाङलाई बनाइनुपर्ने माग राख्दै करिब एक हजार बढी थबाङवासी शुत्रबार सदरमुकाम लिबाङ आइपुगेका छन् ।

सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा आएको टोलीले आाफ्नो माग पूरा नभएसम्म सदरमुकाम नछाडिने बताएको छ । टोलीमा सहभागीले ‘थबाङलाई सधैंँ अछुतो व्यवहार गर्न पाइँदैन’, ‘मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइदेऊ’ लगायत नारा लगाएका थिए ।

टोलीले प्रहरीले जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्न नदिएपछि स्थानीय विकास अधिकारी सुशील वैद्यलाई स्थानीय टँुडिखेलमै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा थवाङलाई गाउँपालिकाको केन्द्र बनाउनुपर्ने लगायत माग राखिएको सङ्घर्ष समितिका संयोजक रोकाले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी वैद्यले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका विभिन्न चरणमा बसेको बैठकमा थबाङका विषयमा बृहत् छलफल भइरहेको जानकारी दिनुभयो ।
–––––––

वि.सं.२०७३ कात्तिक २० शनिवार ०२:२४ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...