Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

थवाङलाई गाउँपालिकाको केन्द्र बनाउन माग गर्दै हजार बढी थबाङवासी सदरमुकाममा



२० कात्तिक, लिबाङ (रोल्पा) । गाउँपालिकाको केन्द्र थबाङलाई बनाइनुपर्ने माग राख्दै करिब एक हजार बढी थबाङवासी शुत्रबार सदरमुकाम लिबाङ आइपुगेका छन् ।

सङ्घर्ष समितिका संयोजक जयप्रकाश रोकाको संयोजकत्वमा आएको टोलीले आाफ्नो माग पूरा नभएसम्म सदरमुकाम नछाडिने बताएको छ । टोलीमा सहभागीले ‘थबाङलाई सधैंँ अछुतो व्यवहार गर्न पाइँदैन’, ‘मगर खाम भाषा संरक्षित थबाङ गाउँपालिका बनाइदेऊ’ लगायत नारा लगाएका थिए ।

टोलीले प्रहरीले जिल्ला प्रशासन कार्यालयमा प्रवेश गर्न नदिएपछि स्थानीय विकास अधिकारी सुशील वैद्यलाई स्थानीय टँुडिखेलमै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापनपत्रमा थवाङलाई गाउँपालिकाको केन्द्र बनाउनुपर्ने लगायत माग राखिएको सङ्घर्ष समितिका संयोजक रोकाले जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी वैद्यले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिका विभिन्न चरणमा बसेको बैठकमा थबाङका विषयमा बृहत् छलफल भइरहेको जानकारी दिनुभयो ।
–––––––


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले