२० कात्तिक, चितवन । जिल्ला कारागार चितवनमा हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका गुन्दी गाविस–९ का धादिङका हेमबहादुर थापा मगरले विहिबार आत्महत्या गरेका छन् ।
भरतपुर उपमहानगरपालिका–१६ मङ्गलपुरकी रीता भुजेलको हत्या आरोपमा कारागारमा रहेका उनले सो हर्कत गरेको जिल्ला कारागार चितवनका प्रमुख कमल काफ्लेले जानकारी दिनुभयो । रासस