back
CTIZAN AD

३५ हजार रुपैयाँ पर्ने अलैचीं २२ हजार मनमा झरेपछि किसान पीडामा

वि.सं.२०७५ फागुन २५ शनिवार

723 

shares

२५ फागुन, फिदिम । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् ।
अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४० हजार मूल्य हुँदा साँवासम्म उठ्थ्यो” जिल्लाको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका अगुवा अलैँची कृषक तिलविक्रम चेम्जोङले भने, “साँवा नै नउठ्ने भएपछि अलैँची बिक्री गर्न सकिएन् ।”
राम्रो मूल्य प्राप्त गर्ने आशमा उक्त क्षेत्रका किसानले गत वर्षको अलैँची समेत गोदाममा राखेको उनको भनाइ छ । रोगकीरा नियन्त्रण, औषधि, सिँचाइ, गोडमेललगायत कार्यमा ठूलो धनराशी खर्च हुँदा अलैँची उत्पादन समेत महङ्गो भएको चेम्जोङले बताए ।

पाँचथरको याङवरक–५, नागीका किसान खड्गबहादुर लक्समले अलैँची खेतीका क्रममा भएको खर्च उठाउनै धौधौ परेको दुखेसो पोखे । पाँचथरका च्याङथापु, फलैँचा, ओयाम, थर्पु, नागी, सिदिन, प्राङबुङ, मेमेङ, लुङरुपा, रानीटार, फिदिम, फाक्तेप, आङसराङ, रवी, कुरुम्बालगायत स्थानमा अलैँचीको खेती हुनेगर्दछ । यहाँका अधिकांश किसानले रामसाई, डम्बरसाई र गोलसाई प्रजातिको अलैँची खेती गर्ने गर्दछन् ।

अलैँची खेतीबाट नाफा लिनै नसक्ने अवस्था आएपछि कृषकमा चरम निराशा छाएको अलैँची व्यवसायी महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दीपक नेपालले बताए । उनका अनुसार कृषकमा छाएको निराशाले व्यवसायीमा समेत प्रभाव पारेको छ । भारत, भुटानलगायतका मुलुकमा अलैँची उत्पादनमा वृद्धि भएसँगै नेपालको अलैँचीले उचित मूल्य पाउन छाडेको व्यवसायी नेपालले बताए ।
भारतमा नोटबन्दी हुनु तथा क्रयशक्ति कमजोर हुनुले समेत अलैँचीको मूल्य घट्दै गएको नेपालको ठम्याइ छ । “अलैँचीको खेती र व्यवसायमा गम्भीर समस्या आउने लक्षण देखा पर्दैछ” नेपालले भने । अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैँचीजस्तै नक्कली अलैँची देखा परेपछि नेपाली अलैँचीको मूल्यमा भारी गिरावट आउन थालेको बताइएको छ ।

चीन, भियतनाम, लाओसलगायत देशमा उत्पादित अलैँचीजस्तै देखिने अलैँचीको तुलनामा अत्यन्तै कम मूल्यमा पाइने वस्तुले अन्तर्राष्ट्रिय बजारमा पकड जमाउँदै गएपछि नेपाली अलैँची कृषक मारमा परेको अलैँची ब्यवसायी खेमनाथ अधिकारीले बताए । नेपालबाट निकासी भएको ९५ प्रतिशत अलैँची भारतीय बजारमा हुँदै खाडी, युरोप तथा अन्य मुलुकसम्म पुग्छ । उहाँका अनुसार भारतले नेपालमा उत्पादन भएको अलैँची गुणस्तरहीन भनेपछि यहाँ उत्पादित अलैँचीले मूल्य गुमाएको छ ।

पूर्वी पहाडको अलैँंची अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने व्यवसायी झापाको विर्तामोडमा छन् । अलैँची व्यवसायी महासङ्घको केन्द्रीय कार्यालयसमेत विर्तामोडमै रहेको छ । अधिकांश जिल्लाको अलैँची विर्तामोडमा सङ्कलन भएर विदेश निर्यात हुने गर्छ । पहाडी जिल्लामा उत्पादन भएको अलैँची बिर्तामोडको बजारसम्म पुग्न नपाउँदै गुणस्तरमा दोष देखाएर कम मूल्य निर्धारण गर्ने गरिएको कृषकको भनाइ छ । नेपालको अलैँचीको गुणस्तर तथा अन्तर्राष्ट्रिय मूल्यबारे स्थानीय व्यवसायी र कृषक जानकार नहुँदा समस्या आएको बताइएको छ ।

वि.सं.२०७५ फागुन २५ शनिवार १५:२० मा प्रकाशित

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको निधन

काठमाडौं । वरिष्ठ शिक्षाविद् तथा भारत र भुटानका लागि पूर्वनेपाली...

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

भारतका प्रधानसेनापति काठमाडौँ आउँदै

काठमाडौँ। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको...

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट पहिरो : दुई जनाको मृत्यु, दुई बेपत्ता, २०० भन्दा बढी विस्थापित

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका...

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...