back
CTIZAN AD

अमेरिका–चीन वार्तामा अझै अन्यौल, प्रगति नभए सम्झौतामा हस्ताक्षर हुँदैन–ट्रम्प

वि.सं.२०७५ फागुन २५ शनिवार

729 

shares

२५ फागुन, वासिङ्टन । एएफपी संयुक्तराज्य अमेरिका र चीनबीच तीन महिनादेखि जारी व्यापार वार्ताका विषयमा वासिङ्टन र बेइजिङबाट आइरहेका विवादास्पद टिप्पणीले समस्या समाधानमा अन्यौल बढेको विज्ञहरुले औंल्याएका छन् । दुबै देशका उच्च व्यक्तित्वबाट आएका टिप्पणीले विश्व शेयर बजारमा समेत असर परेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू व्यापार वार्ताप्रति आशावादी रहेको तर अमेरिकाका जायज सरोकारहरु सम्बोधन नहुँदासम्म चीनसँग कुनै सम्झौता नहुने स्पष्ट गरेका छन् । राष्ट्रपतिका एक जना आर्थिक सल्लाहकारले पनि राष्ट्रपति ट्रम्प वार्ताबाट कुनै पनि समय बाहिरिन सक्ने चेतावनी दिए ।

गत वर्षदेखि नै दुई आर्थिक महाशक्ति राष्ट्र चीन र अमेरिकाबीच व्यापारका विषयमा विवाद चुलिएको थियो । दुबै देशबाट एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानको आयात निर्यात गर्दा करवृद्धि गर्ने घोषणा गरिएको छ । यी कदमले विश्वको आर्थिक वृद्धि र व्यावसायिक आत्मविश्वासमा जोखिम सिर्जना गरेको छ ।

“मलाई सम्झौता हुनेमा पूर्णविश्वास छ तर यसमा अमेरिकी हित नसमेटिए म हस्ताक्षर गर्दिनँ,” आँधीले तहसनहस भएको अलाबा राज्यको भ्रमणमा निस्कनुअघि ह्वाइट हाउसमा संवाददातालाई राष्ट्रपति ट्रम्पले बताए ।

अमेरिकी र चिनीया अधिकारीले विवाद समाधानतर्फ सकारात्मक प्रगति भइरहेको बताएका छन् तर बेइजिङस्थित अमेरिकी कुटनीतिज्ञले शुक्रबार तत्कालै दुबै मुलुकबीच सम्झौता भइहाल्ने स्थिति नरहेको बताउनुभएको छ ।

अमेरिकाले चीनमा गहिरो संरचनात्मक परिवर्तन हुनुपर्ने माग गरिआएको छ । विदेशी लगानीकर्ता र आफ्नो स्वामित्वका उद्यममाथि चीनले गरिरहेको फरक व्यवहारमा परिवर्तन गर्नुपर्ने अमेरिकी माग छ । साथै अमेरिकाले चिनीया मुद्रा र अमेरिकी प्रविधिको संरक्षणलाई प्रमुख विषयका रुपमा उठाएको छ ।

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले चिनीया राष्ट्रपति सी चिनफिङसँग हुने भनिएको शिखर वार्ता आगामी अप्रिलमा मात्र हुन सक्ने बताए । दुबै देशका अधिकारीले यसअघि शिखर वार्ता यसै महिना अर्थात मार्चको अन्त्यतिर हुन सक्ने बताएका थिए ।

कुड्लोले अमेरिकी टेलिभिजन च्यानल सीएनबीसीसँग कुरा गर्दै शिखर वार्तामा सहमति हुने सम्भावना नभए राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँगको हनोई शिखर बैठकमा झैं वार्ताबाट बाहिरिन सक्ने बताए । उनले भने, “राष्ट्रपति सीसँगको बैठकको समयसीमा अहिल्यै भन्न सकिन्न ।”

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले पनि दुई देशबीच व्यापार सम्झौता गराउन निरन्तरकार्य गरिरहनुभएको छ । व्यापार वार्ता सकारात्मक दिशातर्फ नै अग्रसर रहेको जनाउँदै भन्नुभयो, “फ्लोरिडामा बैठक हुन सक्छ । यो बैठक यसै महिना वा अर्को महिनाको शुरुमा हुन सक्दछ ।”

वि.सं.२०७५ फागुन २५ शनिवार १७:५१ मा प्रकाशित

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस

दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तरराष्ट्रिय दिवस आज...