
२६ फागुन, काठमाडौं । आजको आवश्यकता, प्रवासी पर्वतेहरुको एकता समुन्नत, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुलनाराका साथ युएईमा सम्पन्न भएको दुई दिने अन्तराष्ट्रिय भेलाले ९ बुदे घोषणापत्र सार्वजनिक गरेको छ ।
अन्तराष्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको विकास र समृद्धिका लागि सो घोषणपत्र सार्वजानिक गरेको बताएको छ ।‘
अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेलाबाट जिल््लाको विकास र समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य, अन्तर्राष्ट्रिय पर्वत समाजका प्रमुख संरक्षक हितकाजी गुरुङ, फलेवास नगरपालिका मेयर पदमपाणी शर्मा, पैँयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने, जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा पुन, नेपाली, समाज यूएईका चन्द्रप्रसाद सापकोटा, एनआरएनए यूएईका रमेश श्रेष्ठ तथा अर्जुनकुमार श्रेष्ठ, गोविन्द सुवेदी, सन्तोष जोशी ‘सुभाष’, मोही शर्मा, पर्वत सेवा समाज यूएईका संरक्षक खिमानन्द भुर्तेल, अन्तराष्ट्रिय पर्वत समाजका विनोद पुरी लगायतले समाजको भुमिकाका बारेमा धारणा राखेका थिए ।
अन्तराष्ट्रिय पर्वत समाजले जिल्लाको जलजला, पैयु गाउँपालिका र फलेवास नगरपालिकामा १ बर्षभित्र प्रसुती गृह निर्माण गर्ने, जलजला गाउँपालिकामा बाढि पहिरो पीडितका लागि निर्माणाधिन ३ वटा घरको पुननिर्माण चाँडै सक्ने, मध्य पूर्वमा रहेका पर्वतबासीलाई भईपरी आउने समस्या निराकरण गर्न कम्तिमा ३ लाखको अक्षयकोष निर्माण गर्ने, पर्वत जिल््लामा कृषि, पर्यटन र उर्जाको प्रचुर सम्भावना र समृद्ध पर्वत अभियानलाई सार्थकता दिने लगानी गर्ने, मध्य पूर्वमा रहेका घरेलु कामदारलाई श्रम स्वीकृति तथा अध्यागमन सहजीकरण र्गन नेपाल सरकार एवम सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने विषयमा अध्ययन गर्न ५ सदस्यीय समिति गठन गर्ने, प्राथमिकता र आवश्यकताका आधारलाई मान्यता दिएर निर्णय गर्ने र गोपनियता, आचारसंहिता, विधि विधानलाई शिरोपरी राखी कार्यान्वयनमा जाने तथा अक्टुवर २०१९ मा अन्तराष्ट्रिय पर्वत समाजको दोस्रो केन्द्रिय अधिवेशन गर्ने लगायतका विभिन्न निर्णय गरेको छ ।
साथै कार्यक्रममा पंचासे केवुलकार लगायतका परीयोजनाका बारेमा अवधारणा प्रस्तुत गरीएको थियो ।
वि.सं.२०७५ फागुन २६ आइतवार ११:४६ मा प्रकाशित





























