back
CTIZAN AD

भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

वि.सं.२०७५ फागुन २६ आइतवार

558 

shares

२६ फागुन, काठमाडौँ । प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ । प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी हुन् ।

भूउपयोग विधेयकमाथिको छलफलमा सांसद दिव्यमणि राजभण्डारीले छलफलविना समिति र संसद्बाट विधेयक पारित हुने गरेकामा आपत्ति जनाए । सांसदलाई पर्याप्तमात्रामा छलफल गर्न दिनुपर्ने उनको भनाइ थियो ।
सांसद प्रेम सुवालले शहरीकरण र औद्योगिकीकरण गर्नु नहुने ठाउँमा भइरहेको बताए । सतहत्तर लाख युवा वैदेशिक रोजगारमा गएकाले खाद्यान्न उत्पादनको वातावरण उनले नभएको बताए । “मालपोतमा सार्वजनिक जग्गा लेखिएको पनि व्यक्तिले पास गरेर लिँदा सरकारले खारेज गर्न सकेन, उपत्यकाका पोखरी, सम्पदालगायतको संरक्षण हुन सकेन”, सांसद सुवालले भने ।
सांसद सञ्जयकृुमार गौतम र पुष्पा भुसालले भूमिसम्बन्धी कानूनलाई एकीकृत रुपमा ल्याउन माग गरे । मुलुकलाई समृद्ध बनाउने र व्यक्तिले जीवनयापन गर्ने विषय हतारमा पर्याप्त छलफल नगरी पारित गरिएको उनीहरुको भनाइ थियो ।
छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री अर्यालले जमीन बाँझो राख्न नपाउने व्यवस्थाका लागि जनचेतनामूलक अभियान सञ्चालन गरिने बताए । “जमीन उपयोग गर्न नसक्नेले भूमि बैंकमा राख्न पाउने व्यवस्था गरिएको छ, राखेवापत निश्चित शुल्क जग्गाधनीलाई दिइनेछ, पछि आफैँले जग्गा फिर्ता लिन चाहे पनि पाइनेछ”, उनले भने ।

यसअघि बैठकमा मन्त्री यादवले प्रस्तुत गरेको “सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५” र अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी राखेको प्रस्तावलाई सभाले स्वीकृत गरेको थियो ।

विधेयकमाथिको छलफलमा सांसद राजभण्डारी, भरतकुमार शाह, पदम गिरी, गजेन्द्रबहादुर महत, देवप्रसाद गुरुङ र रेणुका गुरुङले भाग लिनुभएको थियो । सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले आफैँ लेखापरीक्षक तोक्ने व्यवस्था गरिएको बताए ।

‘सेफ गार्डस, एण्टिडम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५’ ले नेपाली उत्पादनको सुरक्षा र विदेशी वस्तुको प्रभावका कारण नेपाली वस्तु थुप्रने अवस्थाको अन्त्य गर्न योगदान गर्ने मन्त्री यादवले बैठकमा जानकारी दिए । विश्व व्यापार सङ्गठनमा हस्ताक्षर गर्नेबित्तिकै विधेयक आउनुपर्नेमा ढिलाइ भएको उहनको भनाइ थियो ।

बैठक आजै दश मिनेटसम्मका लागि स्थगन गरिएको सभामुख कृष्णबहादुर महराले गरेका थिए ।

वि.सं.२०७५ फागुन २६ आइतवार १७:५२ मा प्रकाशित

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...