back
CTIZAN AD

खतराप्रति सतर्क रहन सरकारलाई नेकपाको आग्रह

वि.सं.२०७५ फागुन २७ सोमवार

600 

shares

२७ फागुन, काठमाडौ ।  नेकपा (माले)को स्थायी कमिटी बैठकले सरकारले राष्ट्र-विखण्डनकारी गतिविधिमा लागेको सिके राउत समूहलाई शान्तिपूर्ण क्रियाकलापमा ल्याउनु सकारात्मक रहेको जनाएको छ ।

पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा बसेको बैठकले उक्त समूहले आफ्नो माग मधेश स्वतन्त्र देश बारे ‘जनमत सङ्ग्रह’ गर्न सरकार राजी भएको प्रचार गर्न थालेकाले सो विषयमा सरकारले अविलम्ब आफ्नो राय सार्वजनिक गर्नुपर्ने निणर्य गरेको छ ।

सहमतिको बुँदा नं २ मा ‘तराई-मधेशलगायत देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएको’ कुरा उल्लेख गरिएको छ । यसलाई राउत पक्षले शान्तिपूर्ण ढङ्गले राष्ट्र विखण्डनकारी क्रियाकलाप अगाडि बढाउन सक्ने खतराप्रति सतर्क रहन सरकारलाई आग्रह गरेको महासचिव मैनालीले जानकारी दिए ।

सहमतिमा उक्त समूहको नाम ‘स्वतन्त्र मधेश गठबन्धन’ भनेर सरकारद्वारा स्वीकार गरिएको, गठबन्धनप्रति लोकतान्त्रिक राजनीतिक शक्तिको रूपमा व्यवहार गर्ने भनिएका विषय आपत्तिजनक रहेको बैठकले निष्कर्ष निकालेको छ ।

वि.सं.२०७५ फागुन २७ सोमवार ११:४९ मा प्रकाशित

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...