back
CTIZAN AD

दक्षिण कोरिया र ब्रुनाईबीच आर्थिक सहयोग बारे सम्झौता

वि.सं.२०७५ फागुन २७ सोमवार

747 

shares

२७ फागुन, बन्दरसेरी बेगवान दक्षिण कोरिया र ब्रुनाईका नेताबीच सोमबार ब्रुनाइको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ ।

ब्रुनाइको राजधानीमा आयोजित द्विपक्षीय शिखर बैठकमा उत्तर कोरियाका राष्ट्रपति मून जाए–इन र ब्रुनाइका सुल्तान हसनाल बोल्कियाले विगत ३५ वर्षमा दुबै देशबीच पूर्वाधार र ऊर्जा क्षेत्रमा भएको मैत्रीपूर्ण सम्बन्ध अत्यन्त सकारात्मकरुपमा अघि बढेको मूनको राष्ट्रपतीय कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“हाम्रा दुई मुलुकबीच धेरै वटा क्षेत्रमा मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध विकास भएको छ । कूटनीतिक सम्बन्ध गाँसिएको ३५ वर्षका अवधिमा दुबै मुलुकबीच पूर्वाधार, ऊर्जा र जनस्तरको सम्बन्ध विकास भएको छ,” राष्ट्रपति मूनले भने ।

राष्ट्रपति मून तीन दिने औपचारिक भ्रमणका सिलसिलामा आइतबार ब्रुनाई आएका हुन् । विगत १९ वर्षमा पहिलो पटक राष्ट्रपति मून ब्रुनाई भ्रमणमा छन् ।

सुल्तान बोलकियाले पनि दुबै मुलुकबीचको सहयोगात्मक सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । कोरिया र ब्रुनाई दुबै दक्षिण पूर्वीएसियाली मुलुकको संगठन (आसियान) का सदस्य राष्ट्र हुन् ।

राष्ट्रपति मूनले यसै वर्षको अन्त्यतिर दक्षिण कोरिया–आसियान शिखर बैठक आयोजना गर्दै छन् ।

दक्षिण कोरियाले ब्रुनाइबाट वार्षिक करिब १० लाख टन एलएनजी (लिक्वीफाइड न्याचुरल ग्यास) आयात गर्दछ । यो कोरियाको कूल आयातको करिब ४.३ प्रतिशत हो ।

दक्षिण कोरिया र आसियानबीचको द्विपक्षीय व्यापार गत वर्ष एक खर्ब ६० अर्ब डलर पुगेको थियो । कोरियाले व्यापारलाई सन् २०२० सम्ममा दुई खर्ब डलर पु¥याउने लक्ष्य लिएर नयाँ दक्षिणी नीति अघि सारेको छ ।

त्यस अवसरमा, राष्ट्रपति मूनले आणविक अस्त्र रहीत शान्तिपूर्ण कोरियाली प्रायःद्वीप बनाउन ब्रुनाइसहित आसियान मुलुकको सहयोगको अपेक्षा पनि गरेका छन् ।

वि.सं.२०७५ फागुन २७ सोमवार १७:४९ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...