back
CTIZAN AD

अबैध काठ सहित पिकअप र मोटरसाइकल नियन्त्रणमा

वि.सं.२०७५ फागुन २९ बुधवार

705 

shares

२९ फागुन, बुधबारे । अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकाको सिमानामा पर्ने बिरीङ खोलाबाट गएराती (मंगलबार ) इलाका प्रहरी कार्यालय बुधबारेको गस्ती टोलीले करीब २९.९२ क्यू फिट अबैध रुपमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सरुवा जातको गोलिया काठ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायव निरिक्षक कृष्ण हुँमागाईको नेतृत्वमा गएको गस्ती टोलीले राती १२ बजेतिर उक्त गोलिया काठ सहित काठ बोकिएको बा १३ च ५९७८ नम्बरको पिक अप र मे २ प ६२७१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको काठ, पिकअप र मोटरसाइकल जिल्ला बन कार्यालय झापाको जिम्मा लगाइसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताएका छन् । तस्करीमा संग्लन भने फरार रहेको र उनीहरुको खोजी कार्य चलिरहेको प्रहरीले बताएको छ । पछिल्लो समय बिरीङ खोला क्षेत्रबाट अबैध काठ तस्करी बढी रहेको छ ।

 

वि.सं.२०७५ फागुन २९ बुधवार १७:२६ मा प्रकाशित

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...