३ चैत, नेपालगन्ज । पछिल्लो समयमा बाँकेको जानकी गाउँपालिका औद्योगीक हबका रुपमा विकास भइरहेको छ । सो गाउँपालिकामा साना, ठुला र मभलौला गरी दुई दर्जनभन्दा बडी उद्योग सन्चालनमा आइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले जानकारी दिनुभयो ।
अधिकृत सुनारका अनुसार सो क्षेत्रमा सन्चालित उद्योगमा लगानी पनि थपिँदै गएको छ । यहाँ चलीरहेका उद्योगमा पाँच हर्ब २६ करोड ८० लाख रुपिँया बराबर लगानी थपिएको हो । आर्थिक वर्ष २०७४÷ ७५ मा उद्योग विभागबाट सन्चालनको अनुमति पाएका उद्योगमा यसरी लगानी थपिएको छ ।
अनुमति पाएका कतिपय उद्योग सन्चालनमा आइसकेका छन् भने कतिपय उद्योग सन्चालनका लागि पूर्वाधार निर्माण गरिरहेका छन् । आइतबारको गोरखापत्र दैनिक बाट ।
वि.सं.२०७५ चैत ३ आइतवार ०७:११ मा प्रकाशित






























