
३ चैत,काठमाडौ । भूमाफिया र शक्ति दलाल समुहको प्रभावमा परेर राज्यलाई साढे चार अर्ब रुपैयाँ व्ययभार पर्नेगरी बागमती नदी बगेको क्षेत्रको पनि मुआब्जा दिन प्रपन्च भएको पाइएको छ ।
राजनीतिक नेतृत्व, कर्मचारी र भूमफियाको मिलेमतोमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी बगिरहेको एक सय ८८ रोपनी जग्गाको मआब्जा दिन सहरी विकास मनत्रालयसमक्ष सिफारिस गरेको छ । यही समितिअन्र्तर्गत बागमती विकास आयोजना सन्चालीत छ ।
मुआब्जा दिन सिफारिस गरिएको गोकर्णेश्वरदेखि गुह्येश्वरीसम्मको जमिनमा अहिले बागमतीको पानी बगिरहेको छ । उक्त क्षेत्र काठमाडौ महानगरपालिका वडा ६ ८ र ९ गोकर्णेश्वर कागेश्वरी नगरपालिकामा पर्छ । नदीको दुवैतर्फ सडक निर्माण गर्दा मुआव्जा दिएको समितिले अहिले जग्गा नाप जाँच ऐन,२०११ र जग्गा नापचाँच पनयमावली २०५८ विपरीत मुआब्जा पदन सिफारिस गरेको हो । आइतबारको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।
वि.सं.२०७५ चैत ३ आइतवार ०७:२८ मा प्रकाशित






























