back
CTIZAN AD

नेपालका विश्व सम्पदा सुचिमा परेका क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७५ चैत ३ आइतवार

873 

shares

३ चैत, काठमाडौ ।  ब्लड डोनर्स एशोसिएशन नेपालले युनेस्कोले परिचालन गराएको विश्व सम्पदा सांस्कृतिक सम्पदाको परिचय प्रवद्र्धनका साथै रक्तदान गरौँ भन्ने सचेतनाको विकासका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

विश्व सम्पदा क्षेत्रमा सूचीकृत स्वयम्भू, बौद्ध, चाँगुनारायण, काठमाडौँ दरबार क्षेत्र, पाटन दरबारक्षेत्र, भक्तपुर दरबार क्षेत्र र लुम्बिनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको सो संस्थाले शनिबार पत्रकार सम्मेलनमा जनाएको छ ।

संस्थाका उपाध्यक्ष सूर्यलाल महर्जनले नेपालमा रक्तदानको महत्व बढ्दै गएको बताउँदै रक्तदानबाट मानिसको जीवन रक्षाका लागि सहयोग मिल्ने बताए । देशभरि रक्त अभाव हुन नदिन र रगतको मागलाई परिपूर्ति गर्ने गरी संस्थाले जनचेतनामूलक कार्यक्रम अघि सारेको पनि महर्जनले बताए । महर्जनले अहिलेसम्म १०० पटक रक्तदान गरिसकेका छन् ।

संस्थाको काठमाडौँ शाखाका सचिव अनिलरत्न तुलाधरले नेपाल मात्रै नभएर भारत, बङ्गलादेश, पाकिस्तान, चीनलगायतका विश्वका जुनसुकै देशमा नेपालबाट रगत उपलब्ध गराइरहेका बताए । उनले थपे, “हामीले नेपालबाट रगत दान गरिसकेका छौँ । हाम्रो संस्थाकै समकक्षी भारतीय संस्थाको सहयोगमा रगत उपलब्ध गराउने काम भइरहेको छ ।” तुलाधरले आफूले भाइवर, इमो, फेसबुक मेसेन्जरलगायतका सामाजिक सञ्जालमार्फत रगत उपलब्ध गराउँदै आएको जानकारी दिए ।

वि.सं.२०७५ चैत ३ आइतवार ०८:५८ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...