back
CTIZAN AD

अष्ट्रेलियामा ज्यान गुमाएकी निश्माका पतिले लेखे यस्तो भावुक पत्र

वि.सं.२०७५ चैत ३ आइतवार

549 

shares

अष्ट्रेलियाको मेलर्वनमा अध्ययनरत श्रीमतीको मृत्यु भएपछि भावुक बनेका निश्मा श्रेष्ठका पतिले सवैलाई रुवाउने पत्र लेखेका छन् ।

अध्ययनको सीलसीलामा मेलबर्नको ग्लेनरोयमा बस्दै आएकी बनेपाकी श्रेष्ठको गाडीले ठक्कर दिदा मार्च ५ मा मृत्य भएको थियो ।

मेलबर्नको लाट्रोब विश्व विद्यालयमा अध्ययनरत श्रेष्ठ ९ महिना अघिमात्र मेलबर्न पुगेकी थिइन् । काम सकेर राति १ बजे घर फर्कदै गरेकी उनको सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिएको थियो ।

आफ्नी श्रीमतीको मृत्यु भएपछि अष्ट्रेलिया पुगेका अखिल  जिसीले मत्यु भइसकेकी आफूलाई ज्यादै माया गर्ने आफ्नी बोई (हजुरआमा) को नाममा पत्र लेख्दै यस्तो पीडा पोखेका हुन् ।

निस्माको आजमात्रै अष्ट्रेलियामै दाहसंस्कार गरिएको छ ।

उनको स्टाटसबाट लिइएको भावुक पत्र

‘प्यारी ठुली बोई, अशिम माया अनी धेरै धेरै सम्झना !
हामी ठीकै छौ, वैकुण्ठमा तिमी पनी आनन्दै छेउ होला भन्ने कामना ।
बोई, टाँठै नै थियौ, आफ्नै खुट्टाले हिँडेर नै गाकी हौ, बाहीर बाटोमा ट्याक्सी लिन आँउदा, खोई के भो के भो एक्कासी अलिक छिट्टै छुटायो बोई हामीलाई दैवले ।

बुवाको चिन्ता नलिनु बोई, बुवाको हेरचाह गर्ने हामी र्छौ यता, तिमी ढुक्क बस है । बोई तिमी बितेको बार्हौ दिनमा शिरे मामा पनी आए, भेट भाकी हौली क्यारे हैन ।

बोई, यहाँ त तेरो र मेरो मात्रै हुन्छ, लोभ र घमण्ड हुन्छ, उच्च र नीच हुन्छ, भेदभाव हुन्छ, त्यहाँ त हुँदैन होला है, जग्गा जमीनमा आफ्नै भाई भाईको मारामार हुन्छ, पानी बाराबार हुन्छ, यहाँसम्मकी जन्म दिने आमा बावु पनी छुट्याईन्छ, त्यहाँ त यस्तो हुँदैन होला नी है !
बोई, सारै अत्यास लाग्या छ तिम्रो बाई, कहिँकतै जाँदा आँउदा, अकाश चिया खाईस, आइजा खान भन्थ्यौ, खुबै याद आउँछ्यौ बोई ।

बोई सुनन, हाम्रा मामाका हजुरबा पहल बहादुर बिष्टलाई त मैले राम्ररी चिन्न समेत पाईन, ति बुवालाई धेरै धेरै सम्झेको छ रे ज्ञानेको छोराले भन्देउ है, बिरौटा बुढी बोई, बिदुर मामाका बा, सबैलाइ सम्झेको छ रे अकाशले भन्देउ है ।

सानैमा वाध्यताले घर छोड्नुपर्यो बाल्यकालदेखी नै मामाघर हुर्कियो, बढियो, पढियो, मावली गाउँको नै बेशी माया लाग्ने रैछ बरै, घरतिरको नलाग्ने त हैन, तर अलिक चिन्ता र चासो ।
अनी बोई, हाम्री माईली फुपुका छोरा विधान पनी त्यतै छन् सोधपुछ गरेर भएपनी जस्सरी भेटेर आकाश दाईले धेरै सम्झेको छ रे भन्देउ है ।

मुख्य कुरा के भने ठुलीबोई, सबैकुरा राम्रै चलिराथ्यो, सबै ठिकै थियो, तर आज म फेरी चोटमा परेको छु , फेरी टुटेको छु । खै बोई, यो दैव यतिसम्म निर्दयी बन्न सक्ने रैछ, हदैसम्मको चोट दियो बोई । यसो भनसुन गर्न मिल्छ भने भन्देउ न बोई हाम्रो नाती केटो हो अलिक छट गरिदिनुस भनेर ।

अव त दुखका दिन गए, आमाले एक्लोपनमा पनी दुखै दुःख पाएर भएपनी मलाई सुख र खुशी साथ हुर्काईन्, बढाईन्, पढाईन्, अव आमाका आँशु पुछ्ने दिन आए । आमाका आँखामा दुःखका हैन खुसीका आँसु वर्षाउने दिन आए भन्ठानेँको थिए । तर, गलत सावित भए बोई, सारै अभागी बनायो बोई मलाई दैवले । मिल्छ भने भन्देउ न बोई दैवलाई, तिमी त त्यही दैव सँग छेउ नी है…

नत राम्रोसँग बुहारी भन्न पाईन आमाले, न त खुलेर सासु भनेर सम्बोधन गर्न पाई निश्माले, जन्मदैँ अभागी थिएँ थिएँ । अव त भाग्य खुल्यो कि भनेको झन सारो पिडामा पार्यो बोइ ।

आएकी थि । पढाईमा अब्बल थि । राम्रै चलिराको थियो पढाई । काममा अल्ली सारोगारो भयो भन्थी । अव त एप्लाईको काम पनि सकिएको थियो, १–२ महिनामा त आईहाल्छु, म आएपछी, हजुर खाना बनाउने । पढ्ने मात्र गर्नू । सबै काम ममात्रै गर्छु भनेर हौसला दिन्थेँ ।
मेरै नामको कति सपनाहरु बुनेकी थिइ बोइ उस्ले । जहिले फोन मेसेन्जरमा कुरा हुँदा हजुर अष्टेलिया आएपछी यस्तो गर्ने उस्तो गर्ने भनेर बेलीबिस्तार लगाउँथी । कामबाट अबेर राती आउँथी, तरपनी फोनमा बोल्ेर बिहान सबेरै उठेर पढ्न जान्थीँ ।

काममा जाँदा होस् या कलेज, म गएँ है भनेर जान्थीँ । आँउदा म आएँ भन्थी । हरेक कुराको जानकारी गराउँथी र मेरो सबै सोध्ने गर्थी । औधी माया गर्थी बोई मलाई निश्माले ।
म आफूले आफैलाई निकै भाग्यमानी ठाँन्थेँ बोई उस्लाई जीवनमा पाएर । मिठो बोली, सबैसँग सरल सहज व्यवहार, दयालु मन, सहयोगी भावना, फरासिलो व्यवहार थियो उस्को । निक्कै माया गर्थी बोई मलाई । अझ भनौ, मेरी आमा, बोई, मामा, माईजु, भाई बैनी सबैलाई । आँखामा राखेपनी नबिझाउने थि बोई साँच्चै ।

के भो के भो बोई, खुशी देख्नै सकेन दैवले मेरो । बाटो हिड्दा वर्दा बाटो छेउछाउ पर्ने मठ मन्दिरलाई एकै दिनमा सयौँ पटक ढोगेर मेरो र मेरो परिवारको रक्षाको भिख माग्ने गर्थे । सायद धेरै पो मागेछु कि, माग्न मा गल्ती पो भएछ कि, म र मेरो परिवार भन्नु भन्दा मेरो परिवार र म भनेको भए मलाई पो लैजान्थ्यो की । रिसाएछ की खोई, म बाट अलग्याएर लग्यो बोई मेरी निश्मालाई । कति धेरै माया गरेको थिएँ, कति आशा, अपेक्षाहरु थिए मैले पुरा गर्नै पाईन बोई उस्का ।

हजुर Australia  आँउदा Airport  मा फूलको गुच्छा लिएर आउँछु स्वागत गर्न भन्थी । तर, आईने बोई, आईन उ । हस्पिटलको बेडमा अचेत अबस्थामा लडिरहेकी रैछ, कति रोएँ, हात समाएर बोलाएँ सरी मागेँ तर उठीन बोई । कहिल्यै नउठ्ने वाचा पो गरेकी रैछे कि, कुन्नी उठीन बोई । मलाई छिट्टै आउनु भन्थी बोई, म आउन ढिला भो भनेर पो होकी रिसाको, अहँ,, उठ्दै उठिने बोई । तिमी भाकै ठाँउमा आकी छे रे, मिल्छ भने गाली गरेर पठाईदेउन बोई, पठाईदेउ न ।
एक्लै भएँ बोई सारै एक्लै भएँ, लौ तनी बोई, गहभरी आँशु आएछ, यहाँभन्दा के लेखम र, अचानको पीर खुकुरीले जान्दैन, दैवलाई के थाहा हाम्रो मर्म । जति नै भनेपनी त्यो निर्दयीको मन फर्किने रैनछ ।

ठीकै छ कतिसम्म लेख्या रैछ मेरो लेखान्त म पनी हेरुँला । कतिन्जेल सम्म अलग गराउने रैछ मबाट मेरी निश्मालाई हेरुँला,,, । वैकुण्ठमा भएपनी भेट त कसो नहोला र, आउँछु बोई आउँछु, झट्टै आउँछु । अनी त्यसपछी, लोभ लालच, घमण्ड, तेरो र मेरो नगरीकन सबै जना मिलेर बसौँला है ।

बोई मेरी निश्माको राम्रोसँग हेरविचार गरिदेउ है, आभारी हुनेछु । त्यो वैकुण्ठको गेटमा बसेर आकाशलाई कुर अरे भन्देउ है बोई, म झट्टै आउने कोशिस गर्छु । आफ्नो पनी ख्याल राख्नु ।’
अलविदा

वि.सं.२०७५ चैत ३ आइतवार ०९:०४ मा प्रकाशित

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

‘आमा’ भनेर कति पटक चिच्यायौ होला, शिवान ?

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिका–१४, भागरका साढे दुई वर्षीय...

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रासमा, कतिखेर पहिरो जान्छ थाहा छैन

बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...