back
CTIZAN AD

सर्च टोलिद्वारा विप्लवका दुई कार्यकर्ता गिरफ्तार

वि.सं.२०७५ चैत ६ बुधवार

666 

shares

 

६ चैत, काभ्रेपलाञ्चोक  । रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले मङ्गलबार साँझ साढे ६ बजे काफ्लडाँडामा प्रहरीसँग जम्काभेट हुँदा निजहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबाट फायर भई आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको र फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको थानकोट ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको आज जानकारी दिए ।

गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट भई एकको मृत्यु तथा दुई जना घाइते भएको, सोही बेलुका काठमाडौ कमलपोखरीस्थित आँगन मिठाई पसलमा भएको बम विस्फोट तथा गत फागुन २४ गते बेलुका काठमाडौँको वसुन्धरामा रहेको रोहन गुरुङको घरमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएको घटनाको अनुसन्धानका क्रममा विप्लव माओवादीको संलग्नता भएको देखिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ स्थित काफलडाँडामा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा धिताल र तामाङलाई गिरफ्तार गरिएको महाशाखाले जनाएको छ ।

राठौरका अनुसार उनीहरुको साथबाट विभिन्न कम्पनीको छ थान मोबाइल, चार थान चार्जर, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र केही दस्तावेज तथा उनीहरुको साथबाटै अन्य तीन थान मोबाइल बरामद गरिएको छ ।

वि.सं.२०७५ चैत ६ बुधवार १९:१५ मा प्रकाशित

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...