back
CTIZAN AD

पूर्वमन्त्रीको रहरलाग्दो कृषिमोह

वि.सं.२०७५ चैत ६ बुधवार

579 

shares

६ चैत, लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन ।

पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेको तीन बिघा ६ कठ्ठा जग्गामा ‘ड्रागन फ्रुट’ खेती शुरु गरेकाछन । “पहरामा फूल फुलाउन र मरुभूमिमा मूल फुटाउन त्यति सजिलो छैन,” उनले भने – “तर म प्रयास गर्दैछु ।” त्यो उजाड जमीनमा दाङमै पहिला पटक ड्रागन फ्रुट अर्थात ‘रातकी रानी’ को उत्पादन गर्न उनी जुटिरहेका छन ।

आफू मन्त्री हुँदा राजनीतिक भ्रमणमा चीन गएको र त्यतिबेला पहिलो पटक खाएको फल ‘ड्रागन फ्रुट’लाई आफैंले नेपालमै उत्पादन गर्नुपर्छ भन्ने उनलाई त्यो बेलादेखि लागेको रहेछ । “म, नारायण काजी श्रेष्ठ, रामबहादुर थापा सहितको टोली चीन गएका थियौं,” उहाँले भन्नुभयो – “त्यतिबेला चीनमा हामीलाई यो ड्रागन फ्रुट दिइएको थियो । हामीलाई कसरी खाने भन्ने पनि थाहा थिएन तर, मैले जुक्ति लगाएर नजीकको चक्कुले काटे, अनि काँटीले निकालेर खान थाल्यौं ।”

नेपालमा यसको सम्भावना राम्रो भएको र स्वास्थ्यका लागि पनि उपयोगी भएकाले आफूले नेपालमा यसको खेती शुरु गरेको उनले बताए । उनका अनुसार तराईमा यसका लागि उपयुक्त हावापानी छ । यस फलमा ग्याष्ट्रिक, कब्जियत, क्यान्सर, मुटुरोगलगायत मानव शरीरमा लाग्ने विभिन्न रोगसँग लड्न सक्ने गुण छ ।

युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उनले भाडामा लिएका हुन । “पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन्,” उनले भने – “उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरुआत गरेको हुँ ।”

ड्रागन फ्रुटको बिरुवा नेपालमा नपाइने भएकाले भियतनाम, थाइल्यान्डल गायतका देशबाट ल्याउने गरेको उनलेले बताए । तीन प्रकारका बिरुवाहरु पाइने भए पनि बाहिर रातो र भित्र सेतो हुने तथा बाहिर पनि रातो र भित्र पनि रातो हुने दुई प्रकारका बिरुवाहरु उनले लगाएकाछन । ती विदेशबाटै कलमी गरेर ल्याइएका बिरुवा हुन ।

युवालाई स्वरोजगार बन्न सिकाउन लामो समय बाँझो रहेको ३ बिघा ६ कठ्ठा जग्गालाई १५ वर्षसम्मका लागि उनले भाडामा लिएका हुन । “पछिल्लो समय युवा जमात आफ्नो जग्गा बाँझो राखेर विदेश गइरहेका छन्,” उनले भने – “उनीहरुलाई विदेश भन्दा स्वदेशमै पसिना बगाए मरुभूमिमा मूल फुटाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न पनि यो खेतीको शुरुआत गरेको हुँ ।”

पन्ध्र वर्षका लागि ४० लाख रुपैयाँमा उनले जग्गा भाडामा लिएका हुन । अहिले करीव ७÷८ कठ्ठा जग्गामा दुई हजार १०० बिरुवा रोपिएका र बाँकी जग्गाका लागि चार हजार बिरुवा आउँदै गरेको उनले जानकारी दिए । लगाएको दुई वर्षदेखि यसले फल दिन थाल्छ ।

पूर्बमन्त्री बिष्टलाई सघाउने पाँचजना छन । दुईजना नियमित काममा खटिएका छन भने अन्य तीनजना काठमाडौंँमा बस्छन । धेरै वर्षदेखि बाँझो जग्गालाई ‘फिलिङ’ गरेर साढे दुई फिट गहिरोमा खाँबो गाडिएको र दुई मिटरको दूरीमा बिरुवा रोपिएको छ । त्यहीँ डिप बोरिङ गरेर हप्तामा २÷३ पटक सिंँचाइ गर्ने गरिएको छ ।

यो फूल रातमा मात्रै फुल्ने र रातमा मात्रै फल लाग्ने भएकाले पनि रातकी रानी भन्ने गरिएको हो । जेठको १५ गतेदेखि कात्तिकको १५ गतेसम्म फुलेर फल लाग्ने पूर्वमन्त्री बिष्टले बताए । फूल फुलेको चार÷पाँच दिनपछि फूलका पात सुकिसक्ने र सुकेको फूलको विशेष चिया बन्ने पनि उनले जानकारी दिए । उनका अनुसार फूल फुलेको ४५ दिनमा फल तयार हुने र यसको फल १५० ग्रामदेखि एक किलोग्रामसम्म हुन्छ ।

राम्रो सिँचाइ, मल तथा स्याहारसुसार पाएमा २० देखि ३० वर्षसम्म यसबाट फल लिन सकिन्छ । यो सिउँडी प्रजातिको फल हो । दाङका लागि ड्रागन नौलो फलको रुपमा रहेको उनले बताए । अन्य मुलुकमा यो फल व्यावसायिक रुपमा स्थापित भए पनि नेपालमा भने भर्खरै यसले प्रवेश पाएको छ । यस फलमा १२ प्रकारका खनिज र भिटामिन पाइन्छ । यो फल मिठो नभए पनि औषधीय गुुणले भरिपूर्ण रहेको पूर्वमन्त्री बिष्टको भनाइ छ ।

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी पनि बनाउन सकिन्छ । यसको मुन्टाको पनि गजबको तरकारी बन्ने उनले बताए । लामो समयको अध्ययन र अनुसन्धान पछि यो खेतीतर्फ आकर्षित भएका रहेछन बिष्ट ।

करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने लक्ष्य भए पनि लगानी नजुट्दा समस्या भएको उनले बताए । अहिले दाङमै कालो धानको खेती गरिरहेका उनको ठूलो लगानीमा धेरै खेती गर्ने र युवालाई स्वरोजगार प्रदान गर्ने लक्ष्य छ । “करीव १५० बिघा क्षेत्रफलमा तरकारी खेती गर्ने योजना बनाएको छु,” उनले भने – “आवश्यकतानुसार लगानी गर्ने वातावरण मिलाउन सकिएको छैन ।”

मुलुकमा परिवर्तन ल्याउन लामो समय राजनीतिमा सक्रिय रहेका उनी अब भने राजनीतिमा नफर्कने बताउँछन । कृषि क्रान्ति गरेरै बाँकी जीवन बिताउने उनकोे अठोट छ ।

वि.सं.२०७५ चैत ६ बुधवार १४:३६ मा प्रकाशित

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

आफूलाई ‘हिन्दूविरोधी’ को रुपमा चित्रित गर्ने प्रयास भएको भन्दै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको आपत्ति, अनुसन्धान र कारबाहीको माग

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने...

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

कोशी प्रदेश मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पक्षमा मतदान गर्न एमालेद्वारा ह्पि जारी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार दिउँसो २...