९ चैत, सल्यान । चारैतिर पहाडले घेरिएको सल्यान खनिज पदार्थमा धनी मानिन्छ । यहाँका धेरै ठाउँमा कोइला, चुनढुंगा, फलाम, सिसा र पत्थरको खानी रहेको खानी तथा भूगर्भ विभागको अध्ययनले देखाइसकेको छ । उत्खननको अवस्था भने शुन्य छ । खानी तथा भूगर्भ विभागले ०४० तिर गरेको अध्ययनमा सल्यानको खामेलेक र आसपासका अन्य लेकमा चुनढुंगा भएको पत्ता लाग्यो ।
अहिलेसम्म यसको उत्खननमा सरकारले चासो देखाएको छैन । अहिलेसम्म चुनढुंगा छ भन्ने मात्र भएको छ, उत्खननका लागि कुनै चासो दिइएको छैन, खानी रहेको क्षेत्र शारदा नगरपालिका ६ का वडाध्यक्ष भिकराज बुढाथोकीले भने, उत्खनन भएर प्रयोगमा आएन भने खानी छ भनेर भन्नुको के अर्थ रहयो र ? शनिबारको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ चैत ९ शनिवार ०८:२१ मा प्रकाशित





























