back
CTIZAN AD

अमेरिकी निर्वाचन प्रचार अन्तिम चरणमा

वि.सं.२०७३ कात्तिक २२ सोमवार

885 

shares

usa-flag-all

२२ कात्तिक, वासिङटन (अमेरिका) । अमेरिकी राष्ट्रपतिको निर्वाचन प्रचारप्रसारको समय अन्तिम चरणमा पुगेको छ ।

अमेरिकी जनताले निर्वाचनद्वारा आफ्नो राष्ट्रप्रमुख छान्न नोभेम्बर ८ गते अर्थात् अव दुई दिन मात्र कुर्नुपर्ने छ भने निर्वाचन प्रचारका औपचरिक कार्यक्रम आइतबारदेखि सकिएका छन् ।

यसै सिलसिलामा डेमोक्रेटिक पार्टीका नेता तथा राष्ट्रपतिका आकाङ्क्षी हिलारी क्लिन्टनले आफ्नो चुनावी अभियानको उत्तरार्धमा प्रसिद्ध गायिका वियोन्स तथा केटी पेरी तथा वर्तमान राष्ट्रपति बाराक ओबामालाई विशेष महत्वका साथ अघि सारेको कुराले निकै चर्चा पायो ।

त्यसैगरी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले निर्वाचनको अन्तिम चरणमा प्रचार अभियानलाई ‘क्रसकन्ट्री’ यात्रा तथा रेडियो सम्बोधनका सशक्त पार्नुभयो । निर्वाचनको पछिल्लो साता अर्थात् यस साताका कार्यक्रम ट्रम्पले इओवा, मिनिसोटा, मिचिगन, पेनसिल्भानिया, भर्जिनिया, फ्लोरिडा, नर्थ क्यारोलिना र न्यु ह्यामसायर क्षेत्रलाई महत्व दिई सञ्चालन गर्नुभयो ।

एबीसी र वासिङ्टन पोस्टको पछिल्लो सर्वेक्षण आइतबार सार्वजनिक गरिँदा क्लिन्टनले निर्वाचनमा पाँच प्रतिशतको फरकले नेतृत्व गर्ने अर्थात् क्लिन्टनको ४८ प्रतिशत र ट्रम्पको ४३ प्रतिशत मत देखिएको छ ।

क्लिन्टनले मिचिगनमा राष्ट्रपति ओबामालाई लिएर मिचिगनमा पुग्नु र नर्थ क्यारोलिनामा मध्यरातमा प्रदर्शन निकाल्नुलाई अमेरिकी राजनीतिक विश्लेषकले अर्थपूर्ण भनी व्याख्या गरे । क्लिन्टनका निर्वाचन अभियान व्यवस्थापक रबी मुकले क्लिन्टनलाई पेनसिल्भानिया र फ्लोरिडामा विजय हात पारेमा ट्रम्पको विजयको बाटो बन्द रहने भनी प्रतिक्रिया दिनुभयो ।

त्यसैगरी ट्रम्पका निर्वाचन अभियन्ताहरूले क्लिन्टन पछिल्लो जनलहरबाट आत्तिएको भनी प्रतिक्रिया दिएका छन् । उनीहरूले निर्वाचनमा वियोन्सको उपस्थिति र कन्सर्टका आयोजना निर्वाचनका लागि अनावश्यक भएको बताए ।

आफू निर्वाचनबाट पराजित हुने देखेपछि क्लिन्टनले राष्ट्रपति वियोन्स तथा अन्य सेलिब्रेटीलाई लिएर चुनावी प्रचारप्रसार गर्न लागेको भन्दै ट्रम्पलाई निर्वाचन जित्न नत वियोन्सको उपस्थिति चाहिने न ज्याज सङ्गीतको नै आवश्यकता पर्नेछ ट्रम्पले भन्नुभयो ।

यसैबीच निर्वाचनमा गरिने भनिएका आतंकवादी हमला तथा निर्वाचन प्रभावित पार्ने उद्देश्यले कुनै समूहले घटाउन सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको अमेरिकी प्रशासनले जनाएको छ । एएफपी

वि.सं.२०७३ कात्तिक २२ सोमवार ०३:४४ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...