back
CTIZAN AD

ब्राजिलका पूर्वराष्ट्रपतिद्धारा बयान दिन अस्वीकार

वि.सं.२०७५ चैत ९ शनिवार

531 

shares

९ चैत, रियो डि जानेरो । भ्रष्टाचारको आरोपमा पक्राउ पर्नु भएका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमरले बयान दिन अस्विकार गरेका छन् ।

बयान लिनका लागि उनलाई सोधिएका प्रश्नहरुमा उनले मौन बसेर कुनैपनि प्रश्नको उत्तर नदिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

आफूमाथी लागेको आरोप अस्विकार गर्दै आएका मिसेललाई बिहीबार पक्राउ गरिएको थियो, भने शुक्रबार उनीसँग बयान लिने प्रयास गरिएको थियो ।

प्रश्नहरुको उत्तर नदिने उनको निर्णयलाई “मौन बस्न पाउने अधिकार”को अभ्यासका रुपमा लिइएको छ ।

उनले पक्राउ परेपछिको रात संघीय प्रहरी मुख्यालयको हिरासत कक्षमा विताएको अधिकारीहरुले जनाएका छन् । उनलाई साओ पाउलोस्थित आफ्नै निवासमा रहेकै बेला पक्राउ गरिएको थियो ।

राजनीतिकर्मी र कर्मचारीतन्त्रका बिचमा तालमेल गरेर सन् २०१४ मा अनियमितता गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

पूर्वराष्ट्रपति टेमर सन् २०१६ को अगस्टदेखि सन् २०१८ को डिसेम्बरसम्म ब्राजिलको राष्ट्रपति बनेका थिए । पदमा बहाल रहेकै बेला उनलाई भ्रष्टाचारको आरोप लागेपछि पदमुक्त भएका थिए ।
उनलाई भ्रष्टाचार अपराध, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा थप छानविन गर्नका लागि पक्राउ गरिएको प्रहरी अधिकारीहरुले बताएका छन् । यस्तै आरोप अन्य राजनीतिज्ञहरु पनि पक्राउ परेका छन् ।

वि.सं.२०७५ चैत ९ शनिवार १७:५६ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...