
१२ चैत, मुस्ताङ । मुस्ताङस्थित घरपझोङ गाउँपालिका १ छैरोको तिब्बती शरणार्थी क्याम्पमा सुक्खा पहिरो जाँदा बस्ती जोखीममा परेको छ । भूक्षयले जमिन चिरा पर्दै भासिँदा केही भौतिक संरचनामा क्षति पुगेको छ । पहिरो नजिकै आएपछि ९ घर सामानसहित छिमेकमा सरेका छन् ।
मुस्ताङ प्रहरीका अनुसार सोमबार बिहान साढे २ बजेतिर जमिन भासिँदै पहिरोकोरुप लिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उक्त ठाउँमा ३ सय मिटर लम्बाइ र ५० मिटर उचाइको जमिन १५ मिटर तल कालीगण्डकीमा भासिएको डीएसपी तुलबहादुर कार्कीले बताए । जमिन भासिएपछि क्याम्मा सन्चालित ४ कोठे प्राथमिक स्वास्थ्य केन्द्र भवन भत्किएको छ । यसबाट १५ लाख बराबरको क्षति भएको छ । त्यसैगरी ३ कोठे पक्की सार्वजनिक शौचालय र स्नानगृहसमेत भत्किँदा करिब १९ लाख बराबरको थप क्षति भएको छ । मंगलबारको कान्तिपुर दैनिकमा लालप्रसाद शर्माले लेखेका छन् ।
वि.सं.२०७५ चैत १२ मंगलवार ०८:११ मा प्रकाशित





























