back
CTIZAN AD

दुना टपरीले फेरिएको नन्दाको जीवन

वि.सं.२०७५ चैत १२ मंगलवार

636 

shares

 

१२ चैत, वीरेन्द्रनगर । वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ ।

उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “पहिले हातमा पैसा नहुँदा तनाव हुन्थ्यो, सानो कामका लागि अरुकै भर पर्नुपथ्र्यो,” उनले भनिन् – “आजभोलि आफैंसँग पैसा हुन्छ । दिनभर घरमा बस्नुको साटो दुनाटपरी बनाउन थालें । त्यसबाट पुग्दो आम्दानी हुन थालेको छ ।” अहिले आफू मात्र होइन अन्य व्यक्तिलाई समेत रोजगारी दिन सकेकामा उनी खुशी छिन् ।

नन्दासँगै कृष्णा रोकाय पनि उद्योगमा आउँछिन् । महीना दिनसम्म काम गरेपछि तलब बुझ्छिन् । यसभन्दा अघि उनको दिनभरको समय घरायसी कामपछि फुर्सदमै बित्थ्यो । अहिले व्यस्तता बढेर उनलार्ई भ्याइनभ्याई छ । रोकायको व्यस्ततासँगै आम्दानी पनि बढेको छ । टपरी उद्योगसँग जोडिन थालेपछि उनको दैनिकी मात्र हैन, जीवनशैली नै फेरिएको छ ।

चार वर्ष यता नन्दा र कृष्णा मात्र होइन सोही गाउँकै हरिकला रम्तेलले पनि दुनाटपरी उद्योगमै रोजगारी पाएकी छन्न् । उद्योगमा काम गरेबापत उनीहरुलाई मासिक सात हजार रुपैयाँसम्म दिइएको छ । “दिनभरको खेर जाने समयको सदुपयोग भएको छ, उद्योगमा रोजगारी पाएका छौं” हरिकलाले भनिन्न् – “त्यति मात्र होइन यहाँ आएपछि दिदीबहिनीहरुसँग भेटघाट हुन्छ र सुखदुःखका कुराहरु पनि साटासाट हुन्छ ।” उद्योगमा आएदेखि आफूलाई सन्तुष्टि मिलेको उनी बताउँछिन् ।

चार वर्ष अघि गाउँमा गठन गरिएको महिला समूहमार्फत आयमूलक कुनै न कुनै उद्यम सञ्चालन गर्नुपर्छ भन्ने लाग्यो यो समूहलाई । छलफल पछि दुनाटपरी उद्योग सञ्चालन गर्ने निधो भयो । त्यस लगत्तै उद्योग सञ्चालनका लागि यो समूह जुट्यो । रामजानकी दुनाटपरी उद्योगमार्फत यस समूहका सदस्यहरुले लगातार दुनाटपरी बनाउँदै आएका छन् ।

शुरुमा पाँच÷सात जना मात्रै रहेको यो समूहमा उद्योग सञ्चालन यता १३ जना पुगेका छन् । विसं २०७१ यता श्रीनगरका यी महिलाले उद्योगमा प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । अहिले यहाँ मध्याह्न १२ बजेदेखि चार बजेसम्म टपरी बनाउने काम हुन्छ ।

उनीहरुले पातका लागि गाउँकै सामुदायिक वनसँग सम्झौता गरेका छन् । उद्योगमा ठूला र साना दुईथरीका टपरी र दुनाहरु बन्छन् । ठूलो टपरीलाई प्रतिगोटा दश रुपैयाँ र सानोलाई तीन÷चार रुपैयाँ निर्धारण गरिएको छ । त्यसैगरी, दुना प्रतिगोटा एक रुपैयाँका दरले बिक्री गर्ने गरिएको छ ।

“अचेल टपरी र दुनाको माग अत्यधिक छ तर, पु¥याउन सकिएकै छैन ।” हरिकलाका अनुसार दुनाटपरीका लागि बजार अभाव छैन । उनले भनिन् – ‘व्यवसायीहरु उद्योगमै लिन आउँछन् तर, सालको पातको अभावका कारण भने उत्पादन बढाउन सकिएको छैन ।”

यस उद्योगमा दैनिक २०० वटा टपरी र ३०० वटा दुना उत्पादन हुन्छ । यति उत्पादनले बजारको माग भने नधान्ने महिला उद्यमीहरु बताउँछन् ।

 

वि.सं.२०७५ चैत १२ मंगलवार १५:४२ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...